बाल–नाटक महोत्सवका लागि आलेख आह्वान « Khabarhub

बाल–नाटक महोत्सवका लागि आलेख आह्वान


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शैली थिएटरले १८औँ राष्ट्रिय बाल–नाटक महोत्सवका लागि नाटकको आलेख (स्क्रिप्ट) आह्वान गरेको छ ।

यस वर्षदेखि महोत्सवलाई काठमाडौँमा मात्र सीमित नराखी देशका छ स्थानमा क्लस्टरगत छनोट प्रक्रिया सञ्चालन गरी अन्तिम प्रतियोगिता काठमाडौँमा गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

शैली थिएटर र रुसी सदन, काठमाडौँको आयोजनामा हुने महोत्सवका लागि मोरङको पथरी, चितवनको नारायणगढ, काठमाडौँ, काभ्रेको पनौती, दाङको तुलसीपुर र कैलालीको धनगढीलाई छनोट केन्द्र (क्लस्टर) तोकिएको छ । प्रत्येक क्लस्टरबाट उत्कृष्ट दुई नाटक छनोट गरी काठमाडौँमा हुने अन्तिम प्रतियोगितामा सहभागी गराइने थिएटरले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विगत १७ वर्षदेखि निरन्तर राष्ट्रिय बाल–नाटक महोत्सव आयोजना गर्दै आएको शैली थिएटरले यस वर्ष महोत्सवलाई विकेन्द्रीकरण गर्दै देशका विभिन्न क्षेत्रका नाट्य समूह, विद्यालय, सङ्घसंस्था तथा व्यक्तिको सहभागिता विस्तार गर्न लागेको हो ।

महोत्सवमा सहभागी हुने नाटक बालबालिकासँग सम्बन्धित विषयवस्तुमा आधारित हुनुपर्नेछ । बालबालिकाको विषयमा रहेर यसअघि प्रकाशित वा मञ्चन भइसकेका नाटकसमेत सहभागी हुन पाउनेछन् । तर, राज्यको नीति तथा नियमविपरीत र बालबालिकाको हित तथा मनोविज्ञानमा प्रतिकूल असर पार्ने विषय वा अभिव्यक्ति समेटिएका नाटकलाई सहभागी गराइने छैन ।

विज्ञप्तिमा नाटक ३० देखि ६० मिनेट अवधिको हुनुपर्नेछ जनाइएकोछ । एउटा नाटकमा पर्दा अगाडि र पर्दा पछाडि गरी बढीमा १५ जनासम्म सहभागी हुन पाउने व्यवस्था गरिएको छ । नाटक एकल वा समूहगत दुवै स्वरूपमा प्रस्तुत गर्न सकिनेछ भने आलेख नेपाली भाषामा हुनुपर्नेछ । अभिनय गर्ने कलाकारको उमेर भने तोकिएको छैन ।

आयोजकका अनुसार आलेख बुझाउने अन्तिम मिति आगामी मङ्सिर २० गते तोकिएको छ । काठमाडौँमा हुने अन्तिम प्रतियोगितामा उत्कृष्ट नाटक, उत्कृष्ट निर्देशक, उत्कृष्ट पुरुष कलाकार, उत्कृष्ट महिला कलाकार, प्रोत्साहन पुरस्कार र पब्लिक च्वाइस पुरस्कार प्रदान गरिनेछ ।

छनोट चरण तथा अन्तिम प्रतियोगितामा सहभागी हुने समूहले सम्बन्धित क्लस्टर र काठमाडौँसम्मको यातायात, आवास तथा खानाको खर्च आफैँ व्यवस्थापन गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ८ : ४९ बजे

बाल–नाटक महोत्सवका लागि आलेख आह्वान

काठमाडौं – शैली थिएटरले १८औँ राष्ट्रिय बाल–नाटक महोत्सवका लागि नाटकको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११

उपत्यकामा प्रदूषण जाँचमा परेका ३० प्रतिशतभन्दा बढी सवारीसाधन मापदण्डविपरीत

काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सवारीसाधनबाट निस्कने धुवाँ

पाकिस्तान ए विरुद्ध नेपालले एकै ओभरमा गुमायो २ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तान ए र नेपालबीच प्रतिस्पर्धा