क्याटरीना कैफका १० रोचक जानकारी, यो हो उनको वास्तविक नाम | Khabarhub Khabarhub

क्याटरीना कैफका १० रोचक जानकारी, यो हो उनको वास्तविक नाम


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


क्याटरीना कैफ बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘भारत’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिएकी थिइन् । उनको ग्ल्यामर लूक र अभिनय दुवैको चर्चा हुने गर्छ ।

क्याटरीनाका बारेमा यी १० तथ्य जानकारी, जुन तपाईंलाई थाहा नहुन सक्छ:

– सन् २००३ मा फिल्म ‘बूम’ बाट बलिउडमा कदम राखेकी क्याटरीना यो क्षेत्रमा प्रवेश गरेको एक दशकभन्दा बढी भएको छ । यो समयमा उनले धेरै नाम र दाम कमाएकी छिन् । उनी अहिले बलिउडकी उत्कृष्ट अभिनेत्रीमध्ये एक हुन् ।

– क्याटरीना कैफको जन्म १६ जुलाई १९८३ मा हङकङमा भएको थियो । उनी १४ वर्षको उमेरमा नै हवाइ गएकी थिइन् । त्यसपछि उनी लण्डन गइन् र पछि उनी मुम्बई आएर करिअर शुरु गरिन् ।

– क्याटरीना कैफको वास्तविक नाम क्याटरीना टारकेटी हो । उनका पिताको नाम मोहम्म्द कैफ र आमाको नाम सुजेन हो ।

– क्याटरीनासहित उनीहरू ६ बहिनी र एक भाइ छन् । उनी सानो छँदा बाबुआमाको डिभोर्स भएपछि उनी आमासँग हुर्किन् ।

– क्याटरीना कैफ पनि आफ्नी आमाजस्तै समाजसेवा गर्न रुचाउँछिन् । उनी आफ्नी आमाले सञ्चालन गरेको समाजसेवाको कामसँग जोडिएकी छिन् ।

– क्याटरीनाले १४ वर्षको उमेरमा मोडलिङ करिअर शुरु गरेकी थिइन् । सन् २००३ मा मा उनको भेट कायजाद मुस्तादसँग भयो । कायजादले क्याटरीनालाई आफ्नो फिल्ममा काम गर्ने प्रस्ताव राखे ।

– फिल्म ‘बूम’ पछि क्याटरीनाले अमिताभ बच्चनसँग ‘सरकार’ मा पनि काम गरिन् । यो फिल्म सफल भएर पनि क्याटरीनाको करिअरलाई भने खासै फाइदा भएन ।

– सन् २००५ मा रिलिज भएको फिल्म ‘मेने प्यार क्युँ किया’ क्याटरीनाको करिअरको पहिलो सुपरहिट फिल्म थियो । यो फिल्म क्याटरीनालाई सलमान खानका कारण मिलेको थियो । यो फिल्मको सफलतापछि उनलाई कैयन् फिल्मबाट अफर आए ।

– क्याटरीना शतरंजकी खेलाडी हुन् । यति मात्र होइन, उनी सन् २०११ र २०१२ मा सबैभन्दा धेरै खोजी गरिने बलिउड अभिनेत्री समेत बनिन् ।

– क्याटरीना आफ्ना हरेक फिल्मको रिलिजअघि अजमेर शरीफको दरगाह, सिद्धि विनायक मन्दिर मुम्बई र माउन्ट मेरी चर्च सधै पुग्ने गर्छिन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ३ : १५ बजे

सडक उपभोग दस्तुर संकलन पुनः सुरु

भैरहवा– नेपालमा रोकिएको सडक उपभोग दस्तुर संकलन रूपन्देहीबाट पुनः सुरु

रास्वपा छोड्ने जोखिमपूर्ण निर्णय किन लिए सन्तोषले ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सन्तोष परियारले राजीनामा दिएपछि राजनीतिक

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर

स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने

काठमाडौं– स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्स अस्पताल पूर्वस्वास्थ्य सेवाबाहेक

संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहालमा पुनः स्थापना गर्ने

काठमाडौं– वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण आउँदो