बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु  « Khabarhub

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ९ एन-एनओ दर्ता नम्बरको एएस ३५०  हेलिकप्टर दिउँसो करिब १:३० बजेदेखि सम्पर्कविहीन भएको हो।

हेलिकप्टर काठमाडौं–चरिकोट–ल्हाप्चा–चरिकोट–काठमाडौं उडान कार्यक्रमअन्तर्गत ल्हाप्चाबाट १२:१७ बजे चरिकोटतर्फ उडेको थियो । हेलिकप्टरमा चालक दलका रूपमा १ जना क्याप्टेन र यात्रु ५ जना सवार थिए । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर सम्पर्कविहीन भएपछि सुरक्षा निकाय र सम्बन्धित निकायले खोजीकार्य तीव्र बनाएका छन्।

हेलिकप्टरको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। सुरक्षा निकायले सम्भावित लोकेशन पहिचान गरी खोजी अभियान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ४ : ३७ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य