कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार « Khabarhub

कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– सत्ता साझेदार दल समाजवादी पार्टी नेपालका स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ ।

समाजवादी पार्टीको सुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि आज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको लवनीबाड पकडीतर्फ जाँदै गरेका यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार नेता यादवको पाखुरामा गोली लागेको छ ।

गोली लागेर घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था अहिले सामान्य रहेको छ ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ०१ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।