अब अण्डाको बोक्राले जोड्ने छ टुटेफुटेको हड्डी, चकित पार्ने १० तथ्य « Khabarhub

अब अण्डाको बोक्राले जोड्ने छ टुटेफुटेको हड्डी, चकित पार्ने १० तथ्य


१६ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानिसहरु स्वस्थ रहन तथा भिटामिन प्राप्त गर्न अण्डा खाने गर्छन् । यसक्रममा अण्डाको बोक्रा भने त्यतिकै फालिन्छ । अण्डाको बोक्रा कुनै काममा प्रयोग गर्न पनि सकिँदैन । तर अब भने त्यसो नहुने भएको छ ।

अण्डाको बोक्रा भाचिएको तथा फुटेका हड्डीहरु जोड्न प्रयोगमा आउने भएको छ । अहिले प्रयोगमा रहेको प्लास्टरको ठाउँमा अण्डाको बोक्राले भाचिएका तथा फुटेका हड्डी जोड्ने एक अध्ययनले देखाएको छ । अध्ययनले देखाएका तथ्यहरु यस्ता छन् ।

१. अण्डाको बाहिरी बोक्रा क्याल्सियमबाट बनेको हुन्छ । यसै कारण यसले बोन सेल्सलाई विकसित गर्नमा सहयोग गर्नेछ ।

२. अध्ययनअनुसार बोन सेल्सबाटै टिसु बन्दछ । जसका कारण टुटे, फुटेको हड्डी चाँडै जोडिने छ । यसको परीक्षण मुसामाथि गरिएको थियो ।

३. यस प्रविधिको प्रयोगबाट बोन ग्राफ्टिङ्ग सर्जरीलाई थप सहयोग पुग्ने शोधकर्ताहरुको विश्वास छ । यसबाट टुटे, फुटेको तथा भाचिएको हड्डी जोड्नका लागि प्लास्टरको सहयोग लिनु पर्ने छैन ।

४. अण्डाको बोक्रालाई मसिनो गरी पिसेर एक हाइड्रोजेल मिक्सचरमा राखिएको थियो । यसबाट एक फ्रेम बनाइएको थियो । यही फ्रेमले बोन सेल्सलाई विकसित गर्ने र हड्डीलाई जोड्ने काम गर्नेछ ।

५. अण्डाको बोक्रामा कोलाइजन, ग्लूकोस्यामाइन, काड्रोइटिन, हाइल्यूरोनिक एसिड तथा क्याल्सियम जस्ता पोषक तत्व पाइन्छ । यसको प्रयोगबाट सबै किसिमको हड्डीसम्बन्धी रोगको उपचार हुन सक्ने देखिएको छ ।

६. अण्डाको बोक्रामा ओमेगा थ्री फ्याटी एसिड पनि हुन्छ । यसैले ५ मिली ग्रामको मात्रामा यसको सेवनले हड्डीको खोक्रोपनको समस्याबाट बचाउन सक्ने अध्ययनले देखाएको छ ।

७. हड्डी बढ्ने तथा बाङ्गिने समस्या भएका मानिसहरुले अण्डाको बोक्राको प्रयोग गरेमा लाभदायी हुनेछ ।

८. अण्डाको बोक्रालाई मसिनो गरी पिस्ने र सोया पाउडरसँग मिलाएर सेवन गर्ने हो भने कमजोरीपन हट्ने छ । शरीरमा ताकत मिल्ने छ भने हड्डी पनि बलियो हुनेछ ।

९. हड्डीलाई लचिलो बनाइ राख्न पनि अण्डाको बोक्राको प्रयोग फाइदाजनक हुनेछ । यसले नयाँ सेल्स विकासमा सहयोग गर्नेछ ।

१०. अण्डाको बोक्रालाई पिसेर घाउमा लगाएमा चाँडै घाउँ पुरिने अर्थात निको हुनेछ । यसमा रहेको पोषक तत्वले छालालाई चम्किलो बनाउन पनि सहयोग गर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ४ : १९ बजे

प्रेसविरोधी कार्य सैह्य छैन: पत्रकार महासंघ

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर पत्रकार धम्क्याउने व्यक्तिलाई कानुनी कारबाही

बाढीपहिरोको जोखिम बढेपछि कान्ति राजमार्गमा दुईदिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा– अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह

बाँके– नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा