मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह « Khabarhub

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह गरिएको छ । 

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मिठाइ तथा होटेल व्यवसायीसँगको अन्तरक्रियामा मिठाइको नाम, मुख्य समिश्रण, तेल, घिउको प्रकार, उपभोग मिति र मूल्य सूची खुलाउन समेत व्यवसायीलाई अनुरोध गरिएको छ । 

सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले म्याद नाघेका सामग्री भण्डारण नगर्न व्यवसायीलाई आग्रह गर्दै कैफियत भेटिए कारबाही हुने चेतावनी दिए । 

उनले मिठाइ पसलमा फोहरको व्यवस्थापन, खानेपानीको व्यवस्थापनका विषयमा सम्झौता नहुने उल्लेख गर्दै विभागको निर्देशनलाई सबैले पालना गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाँकेका प्रमुख सुमन धितालले मिठाई व्यवसायीलाई आगामी सोमबारभित्र लेबल लगाउनका लागि जिल्लामा समय तय गरिएको जानकारी दिँदै लेबल नलगाएको पाइएमा कारबाही गरिने बताए । 

उनले भने, ‘नेपालगञ्जको राबडी जस्तै यहाँका मिठाइ व्यवसायीले ख्याति प्राप्त गर्नुहुने विश्वास छ ।’ प्रमुख धितालले नेपालगन्जको द केक एण्ड बेकरीबाट लेबल लगाउन सुरु गरिएको जानकारी दिए । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष रूपा ओझाले नेपालगञ्जमा दक्ष र अनुभवी मिठाइ व्यवसायी भएपनि परम्परागत भएको उल्लेख गर्दै मिठाइ व्यवसायीले लेबल राखेर बेचबिखन गर्दा व्यवसायीको प्रतिष्ठा बढ्ने उल्लेख गरिन् । 

अन्तरक्रियामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछानेले मिठाई व्यवसायीलाई खाद्य स्वच्छताबारे जानकारी दिँदै कानुनी अवस्थाबारे बताइन् । 

खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटीले विगतमा भन्दा अहिले मिठाई पसलमा सुधार आएको उल्लेख गर्दै अझै फोहर व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । 

मिठाइ व्यवसायी अतुलकुमार गुप्ताले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार व्यवसायीले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट उपभोक्तासहित सबैले लाभ पाउने बताए  । 

व्यवसायीले आफूले उत्पादन गरेको मिठाइ कुन कुन कच्चा पदार्थको मिश्रणबाट बनेको लगायतका विवरण उपभोक्ताले देख्ने गरी राख्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही कात्तिक ११ गतदेखि नै लागू हुने गरी सूचना जारी गरेको थियो । 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ६ : ३४ बजे

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति