इरानी विदेशमन्त्री जरिफमाथि अमेरिकाले लगायो प्रतिबन्ध « Khabarhub

इरानी विदेशमन्त्री जरिफमाथि अमेरिकाले लगायो प्रतिबन्ध


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अमेरिकी अर्थमन्त्री स्टिभन मनुचिनद्वारा जारी वक्तव्यमा विदेशमन्त्री जरिफले इरानी सर्वोच्च नेताको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रुपमा विश्वभर इरानी धारणा फैल्याएको आरोप छ ।

वक्तव्यमा इरानी सत्ताको अहिलेका गतिविधि पूर्णतः अस्वीकार्य रहेकाले प्रतिबन्ध लगाउनु परेको जनाइएको छ ।

अमेरिकी प्रतिबन्धअनुसार विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ ।

अमेरिकाले यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीविरुद्ध पनि प्रतिबन्धको घोषणा गरेको थियो ।

इरान र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा तनावको स्थिति रहेकै बेला अमेरिकाको नयाँ घोषणा सार्वजनिक भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशमन्त्री जरिफले विदेशमन्त्रीको रुपमा नभई इरानी ‘प्रपोगान्डा’ मन्त्रीका रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

यसैबीच इरानी राष्ट्रपति हसन रौहानीले विदेशमन्त्री मोहम्मद जरिफमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय गलत र अस्वीकार्य रहेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : २९ बजे

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य