१३ जनाको ज्यान लिने गुल्मीको पहिरोबारे अध्ययन गरिने « Khabarhub

१३ जनाको ज्यान लिने गुल्मीको पहिरोबारे अध्ययन गरिने


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोबारे भौगर्भिक अध्ययन गर्ने भएको छ । पहिरो जानुको कारणसँगै सो क्षेत्रमा बस्ती बस्न ठीक छ कि छैन भनेर अध्ययन गर्न लागिएको हो ।

पहिरोग्रस्त क्षेत्रको अध्ययनका लागि खानी तथा भूगर्भविद् विभागको टोली शुक्रबार गुल्मी प्रस्थान गर्दैछ । यहाँ साउन ७ गते बिहान पहिरो खस्दा १३ जनाको मृत्यु भएको थियो । सयौँ घर उच्च जोखिममा परेको छ । एक हजारभन्दा बढी विस्थापित भएका छन् ।

विभागको पहिरो शाखाका भूगर्भविद् राजेन्द्र आचार्यले पहिरो जानुको कारण र सो क्षेत्रमा बस्ती बस्न लायक छ कि छैन भनेर अध्ययन गर्न लागिएको जानकारी दिए । उनका अनुसार झण्डै एक साता लगाएर अध्ययन गरिने छ । अध्ययनको प्रतिवेदन सरकारलाई बुझाउने आचार्यले बताए । अध्ययनमा आचार्यसँगै अर्का भूगर्भविद् सुलभ कायस्थसमेत सहभागी हुने छन् ।

अध्ययन प्रतिवेदनको आधारमा सो क्षेत्रमा बस्ती बसाल्ने कि अन्यत्रै व्यवस्थापन गर्ने भन्ने निर्क्यौल गरिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका प्रेस संयोजक सुधन ज्ञवालीले जानकारी दिए ।

गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा ठूलो लुम्पेक र वडा नं ४ को लिम्घामा साउन ७ गते बिहान ३ बजेदेखि परेको अविरल वर्षाका कारण ४ बजेदेखि पहिरो खस्न थालेको थियो । सो पहिरोमा परेर १३ जनाको ज्यान गएको छ भने दुई घाइते र १८ घर पूर्ण क्षति भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार पहिरोका कारण ३०७ घर उच्च जोखिममा छ । पहिरोले एक हजार २६० स्थानीय विस्थापित छन् । उनीहरुमध्ये केहीलाई खुला स्थानमा टेन्ट टाँगेर राखिएको छ भने केही परिवारलाई विभिन्न स्कूलको अस्थायी आश्रयस्थलमा राखिएको छ ।

राहत र उद्धारको काम सकिएकाले अब पुनःनिर्माणको चरणमा अगाडि बढेको प्रजिअ पौडेलले जानकारी दिए । प्रदेश सरकार र प्रशासन कार्यालयले मृतकका परिवारलाई जनही रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : ३७ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने