१३ जनाको ज्यान लिने गुल्मीको पहिरोबारे अध्ययन गरिने « Khabarhub

१३ जनाको ज्यान लिने गुल्मीको पहिरोबारे अध्ययन गरिने


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोबारे भौगर्भिक अध्ययन गर्ने भएको छ । पहिरो जानुको कारणसँगै सो क्षेत्रमा बस्ती बस्न ठीक छ कि छैन भनेर अध्ययन गर्न लागिएको हो ।

पहिरोग्रस्त क्षेत्रको अध्ययनका लागि खानी तथा भूगर्भविद् विभागको टोली शुक्रबार गुल्मी प्रस्थान गर्दैछ । यहाँ साउन ७ गते बिहान पहिरो खस्दा १३ जनाको मृत्यु भएको थियो । सयौँ घर उच्च जोखिममा परेको छ । एक हजारभन्दा बढी विस्थापित भएका छन् ।

विभागको पहिरो शाखाका भूगर्भविद् राजेन्द्र आचार्यले पहिरो जानुको कारण र सो क्षेत्रमा बस्ती बस्न लायक छ कि छैन भनेर अध्ययन गर्न लागिएको जानकारी दिए । उनका अनुसार झण्डै एक साता लगाएर अध्ययन गरिने छ । अध्ययनको प्रतिवेदन सरकारलाई बुझाउने आचार्यले बताए । अध्ययनमा आचार्यसँगै अर्का भूगर्भविद् सुलभ कायस्थसमेत सहभागी हुने छन् ।

अध्ययन प्रतिवेदनको आधारमा सो क्षेत्रमा बस्ती बसाल्ने कि अन्यत्रै व्यवस्थापन गर्ने भन्ने निर्क्यौल गरिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका प्रेस संयोजक सुधन ज्ञवालीले जानकारी दिए ।

गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा ठूलो लुम्पेक र वडा नं ४ को लिम्घामा साउन ७ गते बिहान ३ बजेदेखि परेको अविरल वर्षाका कारण ४ बजेदेखि पहिरो खस्न थालेको थियो । सो पहिरोमा परेर १३ जनाको ज्यान गएको छ भने दुई घाइते र १८ घर पूर्ण क्षति भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार पहिरोका कारण ३०७ घर उच्च जोखिममा छ । पहिरोले एक हजार २६० स्थानीय विस्थापित छन् । उनीहरुमध्ये केहीलाई खुला स्थानमा टेन्ट टाँगेर राखिएको छ भने केही परिवारलाई विभिन्न स्कूलको अस्थायी आश्रयस्थलमा राखिएको छ ।

राहत र उद्धारको काम सकिएकाले अब पुनःनिर्माणको चरणमा अगाडि बढेको प्रजिअ पौडेलले जानकारी दिए । प्रदेश सरकार र प्रशासन कार्यालयले मृतकका परिवारलाई जनही रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : ३७ बजे

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

नुवाकोट– नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको