गौहत्या प्रकरणः घटना लुकाउन खोजिँदै, के छ कानूनी प्राबधान ? « Khabarhub

गौहत्या प्रकरणः घटना लुकाउन खोजिँदै, के छ कानूनी प्राबधान ?


१५ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाई गोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाइगोरु दैलेख लैजान स्वीकृति दिएको थियो । नगरपालिका प्रमुख धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभइ ट्रकमा च्यापिएर मरेको दाबी गरेका छन् ।

तर, स्थानीयले गाईलाई भीरबाट खसालिएको बताएका छन् । सो कक्रकरणपछि चौतर्फी विरोध भएको छ  ।  घटनाको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरिएको छ ।

गृह मन्त्रालयले मृत गौहत्या प्रकणरणबारे छानविन गर्न समिति गठन गरेको छ ।

के छ कानूनी प्राबधान ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ मा पशुपन्छीसम्बन्धी कसुरको व्यवस्था छ । दफा (१) मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु गराउन नहुने उल्लेख छ ।

यदि कसैले त्यस्तै कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था संहितामा छ ।

प्रकाशित मिति : १५ भदौ २०७६, आइतबार  ६ : ३३ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र