ट्राफिक प्रहरीको सक्रियता, उपसचिव र मन्त्रीकै गाडीमा 'ह्वील लक' | Khabarhub Khabarhub

ट्राफिक प्रहरीको सक्रियता, उपसचिव र मन्त्रीकै गाडीमा ‘ह्वील लक’


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो समय यातायातसम्बन्धी नियम नमान्ने सवारी तथा सवारी चालककको हकमा सक्रियता बढाएको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने यात्रुका लागि निकै कडाइ गरेको ट्राफिक प्रहरीले पछिल्लो समय लेन मिच्ने र जथाभावी पार्किङ गर्नेमाथि पनि कारबाही तीब्र बनाएको छ ।

कसैले लेन मिचेमा सीसी क्यामेराको सहायतामा ट्राफिक प्रहरीले सवारी नम्बर पहिचान गरी कारबाही गर्ने गरेको छ ।

यसअघि भीआईपीलाई ट्राफिक प्रहरीले कारबाही नगर्ने गरेकोमा पछिल्ला दिनमा मन्त्री तथा सरकारी कर्मचारीले समेत छुट पाएका छैनन् ।

केही दिन अघि मात्र भौतिक पूर्वाधार तथा यातायातात मन्त्री रघुविर महासेठ चढ्ने बा २ झ ४८६२ नमरुको झन्डावाला गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको थियो । गाडीका चालक शिवराम थापाको लाइसेन्स लिएर १ हजार रुपैयाँ जरिवाना गराएर गाडी छाडिएको छ ।

त्यस्तै असार ११ गते अनधिकृत रुपमा पार्किङ गरिएको गृह मन्त्रालयका एक उपसचिवको गाडीमा ट्राफिक प्रहरीले ह्वील लग गरेको थियो । बा २ झ ४३८८ नम्बरको गाडीमा सिंहदरबार नजिकै ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ६ : ५० बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज