सवारी दुर्घटनामा ३ जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा ३ जनाको मृत्यु


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवन र पर्वतमा भएको बेग्लाबेग्लै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । चितवनको भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो । विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकलमा सवार पर्सा जिल्ला औरही–४ का सरेन्द्र चौधरी गम्भीर घाइते भएका छन् । चौधरीको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

त्यस्तै चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर, वर्तन खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटना राति ११ : ४० बजे भएको हो ।

यसैगरी पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजेको समयमा समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मादक पदार्थ सेवन गरी तीन जना सवार ध१प ३६६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । मोटरसाइकलमा सवार तीनजनामध्ये पाल्पा घर भई हाल फलेवासमा मजदूरी गर्दै आएका सुमन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य दुई जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ८ : ४८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग