त्रिभुवन विमानस्थलमा काम गर्नेको बानी सुधार्न सकारात्मक कक्षा सञ्चालन « Khabarhub

त्रिभुवन विमानस्थलमा काम गर्नेको बानी सुधार्न सकारात्मक कक्षा सञ्चालन


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (आइतबार) देखि सात घण्टा बन्द हुने भएको छ । विमानस्थल स्तरोन्नतीकरणको दोस्रो चरणअन्तर्गत निर्माणका लागि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म बन्द गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नति गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको उनले जानकारी दिए ।

‘दोस्रो चरणमा ट्याक्सी वे र लिङ्क रोड निर्माणको काम हुनेछ’ उनले भने । यो काम करिब चार महिनामा पूरा हुने महाप्रबन्धक क्षेत्रीले बताए । यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘रन वे लेन राइट’ पनि राखिने क्षेत्रीले जानकारी दिए ।

विमानस्थल सात घण्टा बन्द भए पनि नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा भने असर पर्नेछैन । राति साढे २ बजे ओसाका उडान गर्दै आएको निगमको उडान समयमा आधा घण्टा विमानस्थल स्तरोन्नति काम बन्द गरिने क्षेत्रीले जानकारी दिए । ‘राति दुई बजेदेखि निगमको उडानका लागि काम बन्द गर्छौं’ उनले भने, ‘साढे दुई बजे उडान भएपछि काम शुरु हुन्छ ।’

यसैबीच विमानस्थलमा कार्यरत कर्मचारीको बानी सुधार्न आजैदेखि सकारात्मक कक्षा सञ्चालन हुने भएको छ । विमानस्थलमा कार्यरत विभिन्न निकायको काम कारबाहीप्रति आम गुनासो बढिरहेको भन्दै आइतबारदेखि सकारात्मक कक्षा सञ्चालन हुने भएको हो । पाँच दिनसम्म सञ्चालन हुने कक्षामा नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, अध्यागमन विभागलगायत सम्बद्ध सबै कर्मचारीलाई हरेक दिन कक्षामा सकारात्मक रूपमा सेवा प्रवाहको तालिम उपलब्ध गराइने महाप्रबन्ध क्षेत्रीले जानकारी दिए ।

हरेक दिन ५० जनालाई यस्तो कक्षा उपलब्ध गराइने उनले बताए । कक्षाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ३५ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल