संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक « Khabarhub

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूको बैठक बोलाएको छ ।

बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलहरूको बैठक बोलाइएको हो ।

फागुन २१ को निर्वाचनमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्‍मा प्रतिनिधित्व गर्दैछन् ।

बिहीबारको संयुक्त बैठक सिंहदरबारस्थित संसद् सचिवालयस्थित महासचिवको कार्यकक्षमा बस्ने भएको छ ।

कुन दलबाट को-को नेता सहभागी हुने भन्ने चाहिँ खुलाइएको छैन । अहिले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई निर्वाचन आयोगले प्रमाणपत्र दिइरहेको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  १२ : १९ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत