त्रिभुवन विमानस्थलमा काम गर्नेको बानी सुधार्न सकारात्मक कक्षा सञ्चालन « Khabarhub

त्रिभुवन विमानस्थलमा काम गर्नेको बानी सुधार्न सकारात्मक कक्षा सञ्चालन


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (आइतबार) देखि सात घण्टा बन्द हुने भएको छ । विमानस्थल स्तरोन्नतीकरणको दोस्रो चरणअन्तर्गत निर्माणका लागि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म बन्द गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नति गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको उनले जानकारी दिए ।

‘दोस्रो चरणमा ट्याक्सी वे र लिङ्क रोड निर्माणको काम हुनेछ’ उनले भने । यो काम करिब चार महिनामा पूरा हुने महाप्रबन्धक क्षेत्रीले बताए । यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘रन वे लेन राइट’ पनि राखिने क्षेत्रीले जानकारी दिए ।

विमानस्थल सात घण्टा बन्द भए पनि नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा भने असर पर्नेछैन । राति साढे २ बजे ओसाका उडान गर्दै आएको निगमको उडान समयमा आधा घण्टा विमानस्थल स्तरोन्नति काम बन्द गरिने क्षेत्रीले जानकारी दिए । ‘राति दुई बजेदेखि निगमको उडानका लागि काम बन्द गर्छौं’ उनले भने, ‘साढे दुई बजे उडान भएपछि काम शुरु हुन्छ ।’

यसैबीच विमानस्थलमा कार्यरत कर्मचारीको बानी सुधार्न आजैदेखि सकारात्मक कक्षा सञ्चालन हुने भएको छ । विमानस्थलमा कार्यरत विभिन्न निकायको काम कारबाहीप्रति आम गुनासो बढिरहेको भन्दै आइतबारदेखि सकारात्मक कक्षा सञ्चालन हुने भएको हो । पाँच दिनसम्म सञ्चालन हुने कक्षामा नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, अध्यागमन विभागलगायत सम्बद्ध सबै कर्मचारीलाई हरेक दिन कक्षामा सकारात्मक रूपमा सेवा प्रवाहको तालिम उपलब्ध गराइने महाप्रबन्ध क्षेत्रीले जानकारी दिए ।

हरेक दिन ५० जनालाई यस्तो कक्षा उपलब्ध गराइने उनले बताए । कक्षाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ३५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको