खगेन्द्रको ‘पानी फोटो’ मा मलिका पनि | Khabarhub Khabarhub

खगेन्द्रको ‘पानी फोटो’ मा मलिका पनि


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खगेन्द्र लामिछानेले निर्देशन गर्ने फिल्म ‘पानी फोटो’ को मुहुर्त गरिएको छ । राजधानीको बंगलामुखी मन्दिरमा फिल्मको मुहूर्त गरियो । युनिटले मन्दिरमा पूजा गर्दै छायांकनको शुभारम्भ ग–यो ।

खगेन्द्र लामिछानेको अभिनयमा डेब्यु रहने फिल्ममा अनुप बराल, सुनील पोखरेल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपा , अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहने छ ।

नाटक ‘पानी फोटो’ मा आधारित यो फिल्ममा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका उसका बा–आमाको कथा देख्न सकिनेछ । यो नाटकले दर्शकबाट राम्रो साथ पाएको थियो भने पुस्तकका रुपमा पनि नाटक बजारमा उपलब्ध छ ।

चलचित्रको छायांकन स्याङ्जाका विभिन्न स्थानमा गरिनेछ । निर्देशन समेत रहेका खगेन्द्रले नाटक लेख्दा नै यो कथामा फिल्म बनाउन चाहेको बताए । फिल्मको एक दिनको छायांकन भने काठमाडौंमा हुनेछ ।

टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘पानी फोटो’ लाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।

अर्को वर्ष रिलिज गर्ने तयारीमा रहेको यो फिल्ममा दीपक बज्राचार्यको छायांकन निमेष श्रेष्ठको सम्पादन तथा पुष्पा संगमले फिल्ममा पार्श्व संगीत रहनेछ । यो फिल्म खगेन्द्र ड्रिम प्रोजेक्ट पनि हो ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ११ : ५९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने