खगेन्द्रको ‘पानी फोटो’ मा मलिका पनि « Khabarhub

खगेन्द्रको ‘पानी फोटो’ मा मलिका पनि


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खगेन्द्र लामिछानेले निर्देशन गर्ने फिल्म ‘पानी फोटो’ को मुहुर्त गरिएको छ । राजधानीको बंगलामुखी मन्दिरमा फिल्मको मुहूर्त गरियो । युनिटले मन्दिरमा पूजा गर्दै छायांकनको शुभारम्भ ग–यो ।

खगेन्द्र लामिछानेको अभिनयमा डेब्यु रहने फिल्ममा अनुप बराल, सुनील पोखरेल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपा , अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहने छ ।

नाटक ‘पानी फोटो’ मा आधारित यो फिल्ममा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका उसका बा–आमाको कथा देख्न सकिनेछ । यो नाटकले दर्शकबाट राम्रो साथ पाएको थियो भने पुस्तकका रुपमा पनि नाटक बजारमा उपलब्ध छ ।

चलचित्रको छायांकन स्याङ्जाका विभिन्न स्थानमा गरिनेछ । निर्देशन समेत रहेका खगेन्द्रले नाटक लेख्दा नै यो कथामा फिल्म बनाउन चाहेको बताए । फिल्मको एक दिनको छायांकन भने काठमाडौंमा हुनेछ ।

टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘पानी फोटो’ लाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।

अर्को वर्ष रिलिज गर्ने तयारीमा रहेको यो फिल्ममा दीपक बज्राचार्यको छायांकन निमेष श्रेष्ठको सम्पादन तथा पुष्पा संगमले फिल्ममा पार्श्व संगीत रहनेछ । यो फिल्म खगेन्द्र ड्रिम प्रोजेक्ट पनि हो ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ११ : ५९ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले