तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष « Khabarhub

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिला ः महिलावादी स्मृतिको एक पहल’ तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।

फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीद्वारा लेकसाइडको बाराहीघाटमा आयोजित उक्त प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्याएका नेपाली महिलाका कथा समेटिएका तस्बिरहरू राखिएका छन् ।

तस्बिर प्रदर्शनीको संयोजक सम्झना नेपालीका अनुसार चार सयभन्दा बढी तस्बिर प्रदर्शनीमा राखिएका छन् । महिलाको इतिहास, सङ्घर्ष र योगदानलाई सार्वजनिक स्मृतिमा स्थापित गर्ने उद्देश्यले तस्बिर प्रदर्शनीको आयोजना गरिएको उनको भनाइ छ ।

नेपाल पिक्चर लाइब्रेरीले अभिलेख गरेका तस्बिर मध्येबाट महिला आन्दोलन र सशक्तिकरणसँग सम्बन्धित तस्बिरलाई प्रदर्शनीमा राखिएको समन्वय संयोजक नेपालीले बताइन् ।

‘सार्वजनिक जीवनमा महिलाको भूमिका, योगदान र सङ्घर्षलाई तस्बिर–कथामार्फत देखाउन खोजिएको छ,’ उनले भनिन्, ‘यसले महिला इतिहासलाई संरक्षित गर्दै महिलावादी अठोटलाई कायम राख्न मद्दत पुर्याउने हाम्रो विश्वास छ ।’

तस्बिर प्रदर्शनीलाई जनतामाझ महिला, महिलाका रचना, टुकी मुनिको उज्यालोमा पढ्दै, महिलाका लागि महिला आदि गरी विभिन्न भागमा बाँडिएको छ । तस्बिरसँगै त्यसको एतिहासिक सन्दर्भ र पृष्ठभूमि उल्लेख गरिएको छ ।

राणा शासनकालमा महिलाले गरेका सङ्घर्षदेखि माओवादी जनयुद्धमा महिलाले गरेको बलिदानका गाथासम्मलाई तस्बिर–कथामा समेटिएको छ ।

तस्बिर प्रदर्शनी आगामी शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यसअघि वीरगन्ज, जनकपुर, नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा तस्बिर प्रदर्शनीको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : ५५ बजे

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

गण्डकी– न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल मङ्सिर १० गते बिहीबार सन् २०२६

आज २०८३ साल मङ्सिर १० गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर १० गते बिहीबार सन् २०२६

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका