नेपाली टोली कुवेत प्रस्थान « Khabarhub

नेपाली टोली कुवेत प्रस्थान


१५ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोट खेल्न नेपाली राष्टिको दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज कुवेत प्रस्थान गरेको छ ।

भदौ १९ गते कुवेतविरुद्ध खेल्ने नेपाली टोली आइतबार बिहानै कुवेत प्रस्थान गरेको हो । नेपालभन्दा तुलनात्मक रुपमा बलियो रहेको कुवेतसँगको खेलमा नेपालले कम्तिमा पनि अंक खोस्ने लक्ष्यसहित कुवेत उडेको हो ।

नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेमजोङले गर्नेछन् । नियमित कप्तान विराज महर्जन टोलीमा नहुँदा यसअघिका उपकप्तान चेमजोङले नेतृत्व गर्नेछन् । त्यस्तै, नेपाली टोली कुवेतबाट चाइनीज ताइपेइविरुद्धको खेलका लागि ताइवान जानेछ । नेपालले ताइपेइसँग भदौ २४ गते खेल्नेछ ।

नेपाली टोली
गोलकिपर : किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, राजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल बल, रवि पासवाङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति : १५ भदौ २०७६, आइतबार  १२ : १५ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको