मेडिकल विद्यार्थीले लगाए आइओएममा ताला, ८ बुदें माग | Khabarhub Khabarhub

मेडिकल विद्यार्थीले लगाए आइओएममा ताला, ८ बुदें माग


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चिकित्सा शिक्षामा भएको ठगी नियन्त्रण नभएको भन्दै विद्यार्थीहरुले त्रिवि शिक्षण अस्पतालको इन्टिच्युट अफ मेडिसिन (आइओएम) मा तालाबन्दी गरेका छन् ।

सरकारले तोकेका भन्दा बढी शुल्क लिने र तथा तोकिएको छात्रवृत्ति सम्बन्धि व्यवस्था कार्यन्वयन नगरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म नाराबाजी गर्दै परीक्षा नियन्त्रण  महाशाखा र डिनको कार्यलयमा तालाबन्दी गरेका हुन् ।

सरकारले तोकेको भन्दा बढी शुल्क उठाउने पोखराको गण्डकी मेडिकल कलेजले बढी लिएको शुल्क एक महिनाभित्रमा फिर्ता गर्ने भनेपनि अहिलेसम्म फिर्ता नभएको चिकित्सा शिक्षा ऐनमा भएको ७५ प्रतिशत छात्रावृत्ति कार्यन्वयन नभएको भन्दै आफुहरु आन्दोलिन हुन बाध्य भएको गण्डकी मेडिकल कलेजका विद्यार्थी प्रिन्स सिन्हाले बताए ।

‘हामीले स्वास्थ्य शिक्षामा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएका छौं,’ सिंहाले भने, ‘तर सम्बन्धित निकायहरु आफ्नो जिम्मेवारीमा नपर्ने भन्दै एकले अर्को निकायलाई देखाउने गरेका छन् । विगतमा सहमति गर्ने तर कार्यान्वय नगर्दा विद्यार्थी तथा अभभिावकहरु मर्कामा परेका छन् अन्यायमा परेका छन् ।’

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै सरकारले गण्डकी मेडिकल कलेजलाई एकमहिनाभित्र शुल्क फिर्ता गर्न निर्देशन दिएपनि शुल्क फिर्ता नभएको, ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था कार्यन्वयन नभएको भन्दै आन्दोन गरेका हुन् ।

चिकित्सा शिक्षा ऐनमा यस आर्थिक वर्षदेखि मेडिकल शिक्षामा सबै कलेजहरुले ७५ प्रतिशत छात्रावृत्ति हुनुपर्ने भनिएपछि कलेजहरुले छात्रावृत्तिको व्यवस्था नगरी भर्ना प्रक्रिया र प्रवेश परीक्षा गर्न लागेको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।आन्दोलनरत विद्यार्थीहरुले विभिन्न ८ बुदे माग राख्दै आइओएममा तालबन्दी गरेको बताएका छन् ।

उनीहरुले सरकारले तोकेको शल्कमा पढाउनुपर्ने, भर्नाकै समयमा सम्बन्धित विश्वविद्यालय, उपकुलपतिको कार्यलय, प्रतिष्ठान वा सरकारकै निकायमा सबै शैक्षिक भर्ना र अन्य शुल्क बुझाउने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको अध्यक्षतमा भएको निर्णइ अनुसार गण्डकी मेडिकल कलेजले लिएको बढी शुल्क एक महिनामा बुझाउनुपर्ने भनिएपनि पाँच महिनासम्म पनि शुल्क फिर्ता नगरेको गुनासो गरेका छन् । उनीहरुले शिक्षा मन्त्रीले गरेको सो निर्णय तत्काल कार्यन्वयन गरी शुल्क फिर्ता गर्न माग गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहले मेडिकल विद्यार्थीको इन्टनसीपमा उचित तलब, सेवा सुविधा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, एमविविएस उत्तिर्ण विद्यर्थीहरुको संख्याको आधारमा स्नातकोत्तर कार्यक्रममा सिटको व्यवस्थापन गर्नुपर्ने, विभिन्न शिर्षकमा विद्यार्थीसँग शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने, छात्रावृत्तिमा छनोट भएका विद्यार्थीलाई अन्य शुल्क लिन नपाउने, समयानुकुल पाठ्यक्रम परिमार्जन गरी गुणस्तरीय र प्रविधिमैत्री पाठ्यक्रम बनाउनुपर्ने लगायतका विभिन्न माग राख्दै आइओएममा तालाबन्दी गरेका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : ५० बजे

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन्

सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागूऔषध’ हो : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना र विद्युतीय अपराधको जड

मधेस सरकारले थाल्यो वर्षायाम प्रारम्भ हुनुअगावै क्षति नियन्त्रणको पूर्वतयारी

महोत्तरी– बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँ, सभा छिटो चल्दिए हुन्थ्यो : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्त्वपूर्ण

कोलम्बियाका राष्ट्रपतिका उम्मेदवार गोली प्रहारबाट घाइते

बोगोटा– कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका