आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन « Khabarhub

आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएको छ । 

आइतबार बालुवाटारमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगप्रति आभार व्यक्त गरिन् । आयोगले गरेको कामलाई इतिहासले धेरै उच्च मूल्याङ्कन गर्ने प्रधानमन्त्री कार्कीले बताएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

हालैको निर्वाचन सुशासनको हिसाबले अहिलेसम्मकै सबभन्दा राम्रो निर्वाचन भएको महसुस सरकारले गरेको गृहमन्त्री अर्यालले बताए ।

सो क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका साथै गृहमन्त्री तथा कानुनमन्त्रीलगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ६ : ४४ बजे

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु