एनआईसी एसिया र प्रभु बाहेकका बैंकको एटिएम चल्यो « Khabarhub

एनआईसी एसिया र प्रभु बाहेकका बैंकको एटिएम चल्यो


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ह्याकरको आक्रमणपछि आइतबारदेखि बन्द रहेका बैंकहरुको एटिएम सञ्चालनमा आएका छन् । तर, सम्बन्धित बैंकको एटिएमबाट मात्र रकन निकाल्न मिल्ने व्यवस्था गरिएको छ ।

एटीएम सर्भर प्रोभाइडर संस्था नेप्स अन्तर्गत रहेका अधिकांश बैंकको एटिएम सञ्चालनमा आएपनि प्रभु बैंक र एनआईसी एशियाको एटिएम भने सञ्चालनमा आएको छैन ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटिएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटिएम सेवा बन्द गरेको थियो ।

गए राति राजधानीको दरबारमार्ग र ठमेलबाट पाँच जना चिनियाँ ह्याकरलाई प्रहरीले पक्राउ गरेको थियो ।

नविल बैंकको एटिएमबाट ह्याक गरेर रकम निकाल्दै गरेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका ५ चिनियाँहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा बरामद भएको थियो ।

यसैबीच एटिएम ह्याक भएको विषयमा राष्ट्र बैंकले विभिन्न बैंकहरुसँग छलफल गरेको छ । छलफलपछि अधिकांश बैंकको एटिएम चलेका छन् तर प्रभु बैंक र एनआइसी एसियाको भने एटिम सञ्चालनमा आएको छैन ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने कुनै पनि खाताबाट रकम नझिकिएको बताए । उनले सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  २ : ३६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग