स्वास्थ्यभन्दा ठूलो दर र व्रत होइनः डा. ऋषिकुमार काफ्ले « Khabarhub

स्वास्थ्यभन्दा ठूलो दर र व्रत होइनः डा. ऋषिकुमार काफ्ले


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली हिन्दु नारीहरुको महान चाड तीजको रमझममा छौं । तीजको दिन व्रत र नाचगाँन महत्वपूर्ण मानिन्छ । त्यो भन्दा पनि महत्वपूर्ण आइतवार राति खाइने दर हो । व्रतको अघिल्लो दिन राति विभिन्न मिठा– मिठा परिकारलाई दरको रुपमा खाने चलन रहेको छ ।

समयको परिवर्तन सँगै दर खाने र तीज मनाउने चलनमा पनि परिवर्तन आएको छ । दर भन्ने वित्तिकै चिल्लो, पिरो र मसला धेरै हालिएको स्वादिष्ट खाना खाने चलन छ । त्यतिमात्रै होइन तीजको दिन खाली पेट बस्नुपर्ने भन्दै राति शरीरलाई आवश्यकता भन्दा बढी दर खाने चलन पनि रहेको छ ।

स्वस्थ व्यक्तिले व्रतबस्ने तयारीका लागि दर खानु स्वास्थ्यका लागि लाभदायक भएपछि केही रोगका बिरामीले दर खानु र व्रत बस्नु स्वास्थ्यका लागि खतरा हुनसक्छ ।

यी रोगका बिरामीलाई दर र व्रतले असर पर्छ

–मिर्गौलाका बिरामी,

–नियमित औषधि खानुपर्ने दिर्घरोगी,

–गर्भवती तथा सुत्केरी महिला

– ग्यास्ट्रिकको समस्या भएका व्यक्ति

मिर्गौलाका बिरामीलाई दरले असर

दर खाने र व्रत बस्ने चलन सांस्कृति र धार्मिक रुपमा उपयुक्त भएपनि यी रोगका बिरामीका लागि भने समस्या झनै बढ्न सक्छ । विशेषगरी मिर्गौला रोगका बिरामीले दर खादा र व्रत बस्दा शरीर र स्वास्थ्यका लागि वेफाइदा हुनसक्ने मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले बताउँछन् ।

‘मिर्गौलामा समस्या भएका व्यक्तिलाई नुनको मात्रा कम, पानी ठिक्क र धेरै मासु नखाने भन्छौं, मिर्गौला विग्रिएर डायलाइसिस गरिरहेका बिरामीले पानी पनि कम खानुपर्छ,फलफूल पनि तोकिएको मात्रामा खानुपर्छ, सागजब्जी पनि उसिनेर उमालेर खानुपर्छ,’ डा काफ्लेले भने, ‘दरको रुपमा खाने खानामा चिल्लो, पिरो, मसला भएका विभिन्न थरीका परिकार हुन्छ, त्यो मिर्गौला रोगीका लाग उपयुक्त हुँदैन ।’

अघिल्ला वर्षहरुमा दरखादा स्वास्थ्यलाई ख्याल नगर्दा मिर्गौलाका बिरामीहरु तीजपछि बढी आउने गरेको भन्दै डा काफ्लेले समयमै खानपानमा ध्यान दिनुपर्ने बताउँछन् ।

‘आफ्नो स्वास्थ्यभन्दा ठूलो दर र व्रत होइन, त्यसैले मिर्गौलाका रोगीहरुले दर खादा शरीरमा धेरै असर पर्छ,’ डा काफ्लेले भने, ‘हरेक वर्ष चाडपर्वपछि अस्पतालमा बिरामीहरु बढ्छन् त्यो खानपानकै असरले हो त्यसैले दर खानुअघि नै आफ्नो स्वास्थ्यबारे सोच्नुपर्छ ।’

गर्भवती र सुत्केरीले ख्याल गरेर व्रत बस्नु

स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतम गभवती र सुत्केरी महिला व्रत बस्न सक्ने बताउँछन् ।

‘एकदिनको व्रत हो, तीजमा व्रत बस्दा कुनै महिलाको मनमा शान्ती र खुसी प्राप्त हुन्छ भने, सावधानी अपनाएर गर्भवती र सुत्केरीले पनि व्रत बस्न सक्छन्,’ डा गौतमले भने, ‘तर व्रतको नाममा निराहार हुनु चाहि राम्रो हुँदैन, फलफूलहरु खाएर, पानी खाएर बस्दा असर पर्दैन ।’

गर्भवती महिलाहरुले आफ्नो शरीर र स्वास्थ्यको ख्याल गर्दै नाचगान गर्नु स्वास्थ्यका लागि लाभदायीक हुने डा गौतमको भनाइ छ ।  तर यसअघिका सन्तान जन्माउदा शल्यक्रिया (सिजरियन सेक्सन) बाट सन्तान जन्मिएको भए त्यस्तो गर्भवतीले भने नाच्दा पनि ख्याल गर्नुपर्छ ।

चिकित्सकका अनुसार नियमित औषधि खानुपर्ने बिरामी, अन्य दिर्घरोगका बिरामीले तीजको दर खाँदा र व्रत बस्दा पनि विशेष ख्याल गर्नुपर्ने बताउँछन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ३९ बजे

सिंहदरबार सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा बैठक

काठमाडौं–  सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार मन्त्रालयमा

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१

इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु

पाटन– ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको

आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

काठमाडौं– निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन