जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ? « Khabarhub

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

‘दलाल, भरौटे, एजेन्टका लागि देश जुवा खेल्ने ?’


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो जलेकै घरमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री ओमप्रकाश अर्याल र मिडियामाथि प्रश्न गरेका छन्।

केही मिडियाले गृहमन्त्रीकै कोडमा आफू भागेर विदेश पुगेको भनेर जानकारी दिएको र त्यही समाचार छापिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

उनले भनेका छन्, ‘म पनि यो देशको नागरिक हुँ। म देश छोडेर किन भाग्ने ? यो विषयमा मिडिया देखेर मलाई दया लागेको छ।’

आफ्नो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको उनले बताए। सरकारले आफ्नो नाममा कुनै पत्र नकाटेको र कतै नजानु भनेर रोक नलगाएको अवस्थामा यस्तो भ्रम किन फैलाइयो भन्दै उनले प्रश्न गरेका छन्। उनले सरकारले कसका लागि काम गरेको भन्दै प्रश्न गर्दै भने, ‘दलाल, भरौटे, एजेन्टका लागि देश जुवा खेल्ने ?’

काठमाडौंको बुढानिलकण्ठमा रहेको तत्कालीन मन्त्री खड्काको घर जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते आगजनी भएर पूर्ण रुपमा जलेको थियो।

जेनजीको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोडसहित आगजनी भएको थियो। उनको घरमा करोडौ नेपाली र विदेशी पैसा भएको भन्दै समाचार छापिएकोप्रति समेत उनले असन्तुष्टि जनाएका छन्।

उनले आफू राजनीतिज्ञ भएकाले यी सबै कुरालाई सहज रुपमा लिए पनि परिवारका लागि यो पीडाको विषय भएको बताए।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : ३१ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका