संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजन सक्ने देश अरु छैन– मन्त्री पण्डित « Khabarhub

संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजन सक्ने देश अरु छैन– मन्त्री पण्डित


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृद्धिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दावी गरेका छन् ।

मन्त्री पण्डितले संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजनको काम सम्पन्न भएको मुलुक विश्वमा कहीँ भए उदाहरण पेश गर्न पनि संचारकर्मीहरुलाई चुनौति दिए ।

‘संघीयता अन्तरगतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि नभएको’ मन्त्री पण्डितको भनाइ छ ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको पनि जानकारी दिए ।

मन्त्री पण्डितले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पनि काम गरिरहेको दावी गरे ।

भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियतापूर्वक काम गरिरहेको मन्त्री पण्डितले बताए ।

मन्त्री पण्डितले मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क गरे ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : ५२ बजे

सिंहदरबार सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा बैठक

काठमाडौं–  सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार मन्त्रालयमा

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१

इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु

पाटन– ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको

आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

काठमाडौं– निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन