प्रधानमन्त्री ओलीको ५ औं पटक प्लाज्मा फेरेसिस गरियो « Khabarhub

प्रधानमन्त्री ओलीको ५ औं पटक प्लाज्मा फेरेसिस गरियो


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

शरीरमा क्रियाटिनिनको मात्रा बढेपछि उपचारका लागि भदौ पाँच गते सिंगापुर गएका प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि भदौ ५ गते उनी सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्नुपर्ने उनका निजी चिकित्सकहरुले बताएका थिए ।

प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निराकरणका लागि हालसम्म ५ पटक प्लाज्मा फेरेसिस भइसकेको छ । अब सोमबार छैटौं पटक र बुधबार सातौं पटक प्लाज्मा फेरेसिस गरिने जनाइएको छ ।

बुधबार सातौं पटक प्लाज्मा फेरेसिस गरेपछि प्रधानमन्त्री ओली स्वदेश फर्किर्ने उनकी निजी चिकित्सक दिव्यसिंह शाहले बताइन् ।

‘प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडी घटाउन प्लाज्मा फेरेसिस गरिएको थियो, अहिलेसम्म ५ पटक भइसकेको छ, ७ पटकसम्म गर्नुपर्ने हो,’ शाहले खबरहबसँग भनिन्, ‘ बुधबार ७ औं पटक प्लाज्मा फेरेसिस हुने मिति तय भएको छ । प्लाज्मा फेरेसिस सकिएपछि दुई -तीन दिनपछि नेपाल फर्किनुहुन्छ ।’

यसअघि प्रधानमन्त्री ओलीसँगै उनकी निजी चिकित्सक दिव्यसिंह शाह सिंगापुर गएकी थिइन् । उनी केही दिनअघि नेपाल फर्किएकी हुन् । अहिले प्रधानमन्त्री ओलीसँग अर्का निजी चिकित्सक डाक्टर दिलिप शर्मा सिंगापुरमा छन् ।

यसअघि प्रधानमन्त्री ओली गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए ।

 

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ५ : १७ बजे

ट्राफिक कारबाहीबाट एकैदिन पाँच लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा एक हजार

नेपालगञ्जस्थित प्लाइ उद्योगमा आगलागी, पाँच करोडको क्षति

बाँके– बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका

एसियाली छनोट : पुरुष र महिला क्रिकेट टिम अहिले चीनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – एसियाली गेम्स छनोट अन्तर्गत आइतबार नेपाली पुरुष र

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले उपल्लो