पसलमा किन झुण्ड्याइन्छ कागती र खुर्सानीको माला ? « Khabarhub

पसलमा किन झुण्ड्याइन्छ कागती र खुर्सानीको माला ?


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तपाई हामीले अधिकांश पसलमा तथा सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुण्डाएको देखेका छौं । यसो गर्नुको पछाडि कसैको खराब नजर नलागोस् भनि गरिएको भनिने गरीन्छ ।

साथै यसले भविष्यमा हुन सक्ने दुर्घटना तथा क्ष्ँतिलाई टार्न सकिने विश्वास राखिन्छ । एक प्रकारले यसलाई अन्धविश्वास मान्नेहरु पनि छन् तर पनि पसल तथा सवारीमा कागती र खुर्सानीको माला झुण्डिएकै हुन्छ । आखिर यसरी कागती र खुर्सानीको माला झुण्ड्याउँदा के हुन्छ ? यसबारे केही जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

कुनै पनि व्यवसाय वा मेसिनरी सामाग्रीको प्रयोगमा जोखिम बहन गर्नुपर्ने हुन्छ । यसरी कागती र खुर्सानीको माला लगाउनुमा वास्तु दोष हटाउन सकिने मान्यता रहँदै आएको छ । हुन त घर तथा पसलको आसपासमा कागतीको रुख भएमा वातावरण स्वच्छ हुने र त्यसले मानसिक विचार तथा सोचमा सकारात्मक असर गर्दछ ।

तर घर तथा पसल आसपासमा विविध कारणले कागतीको विरुवा लगाउन सबैलाई सहज हुँदैन । त्यसैले कागतीको एक दाना प्रयोग गरेर वास्तुदोष हटाउने गरिन्छ ।

कागतीमा धागो उन्दा कागतीबाट निस्किएको रसबाट लामो समयसम्म सुगन्ध निस्कने र त्यसले वातावरणमा प्रभाव पार्ने गर्दछ । कागतीको सुगन्धले मानिसको भावनालाई स्वच्छ राख्न मद्धत गर्छ साथै किरा पनि भगाउँछ ।

तर उक्त कागती एक साता भित्र परीवर्तन गर्नुपर्दछ । त्यसले कागती कुहिन नपाओस् । हावा सफा बनाउन कागतीको अमिलो राम्रो विकल्प मानिन्छ । खुर्सानीको रागले समेत प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : १६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग