एटीएम ह्याक प्रकरणमा राष्ट्र बैंकद्वारा छानविन समिति गठन « Khabarhub

एटीएम ह्याक प्रकरणमा राष्ट्र बैंकद्वारा छानविन समिति गठन


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न बैंकका एटीएम ह्याक प्रकरणमा अध्ययन गर्न छानविन समिति गठन गरेको छ ।

एटीएम ह्याक गरेर चिनियाँ नागरिकहरुले १ करोड ६८ रुपैयाँ निकालेको प्रारम्भिक निश्कर्ष निकाल्दै यस विषयमा थप अध्ययन गर्नका लागि राष्ट्र बैंकले छानविन समिति बनाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ५ सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए । बैंकका भुक्तानी प्रणाली विभागको प्रमुख रहेका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिका सदस्यमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि हेर्ने प्रतिनिधि र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको सदस्य तोकिएको छ ।

समितिलाई ३ दिनमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रतिवेदन आएपछि आवश्यक निर्णय हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : १६ बजे

सिंहदरबार सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा बैठक

काठमाडौं–  सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार मन्त्रालयमा

सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१

इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु

पाटन– ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको

आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

काठमाडौं– निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन