नेपालको विकासका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध छः राजदूत पुरी « Khabarhub

नेपालको विकासका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध छः राजदूत पुरी


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले दुई देशबीचको आपसी सहकार्यले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुँदै गएको बताएका छन् ।

भारत सरकारको सहयोगमा गोरखामा भइरहेको भूकम्पपछिको पुनःनिर्माणको अवलोकन गर्न गोरखा पुगेका राजदूत पुरीले भारत सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित पदेलडाँडाकी रेणु खड्काको घर निरीक्षण गरे ।

उनले गोरखाको पुनःनिर्माण तीव्र रुपमा अगाडि बढेकामा खुशी व्यक्त गरे । “दुई देशबीचको समन्वय र सहकार्यले पुनःनिर्माण तीव्र गतिमा भएको छ”, राजदूत पुरीले भने, “नेपालको विकासका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध छ ।”

राजदूत पुरीले सहयोग र आपसी सहकार्यमार्फत भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताए ।

भारतले गोरखा र नुवाकोटमा भूकम्पले क्षति पु¥याएका ५० हजार घर पुनःनिर्माणका लागि रु छ अर्ब ९५ करोड सहयोग उपलब्ध गराएको छ । गोरखामा २६ हजार ९१२ भूकम्पपीडितलाई सहयोग गरिएको यूएनडीपीका गोरखा संयोजक राम सापकोटाले जानकारी दिए । यहाँ २३ हजार ८०० घर पुनःनिर्माण सम्पन्न भएको उनले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ३५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल