महरामाथि करणीको आरोप लगाउने महिलाले भनिन्– रक्सीको मातमा कुट्नु कुटे, अश्मिता लुटे ! | Khabarhub Khabarhub

महरामाथि करणीको आरोप लगाउने महिलाले भनिन्– रक्सीको मातमा कुट्नु कुटे, अश्मिता लुटे !


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाको भिडियो संवाद सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन मिडियाहरुमा भाइरल बनेको छ ।

ती महिलाले सभामुख महराले आफूमाथि करणी गरेको आरोप लगाएकी छिन् । हाम्राकुराका लागि सम्पादक अजयबाबु शिवाकोटीसँग कुरा गर्दै ती महिलाले महराले आफूलाई पटक-पटक फोन गर्दै अपरान्ह ६ बजेको समयमा आफ्नो रुममा आउन लागेको खबर गरेको बताएकी छिन् ।

सभामुख महराको फोनले आफू झस्किए पनि पहिलेदेखि नै चिनजान भएको र सर भन्दै आएका हुँदा योस्तो अवस्था आउला भन्ने कल्पना समेत नगरेको बताएकी छिन् ।

उनले शाही जी (पति) आएपछि आउनुहोला भनेको समेत जनाएकी छिन् । तर सभामुख महरा सोही दिन साँझ रक्सी सेवन गरेर रक्सी बोकेरै कोठामा आएको बताइन् ।

उहाँ रक्सीको बोतल पनि लिएर आउनुभएको रहेछ । ल अब दशैं यही मनाउने भन्दै आफूलाई रक्सी एकै गिलासमा जबर्जस्ती खुवाउने कोशिस गरेको भिडियो संवादमा बताएकी छिन् ।

उनले सभामुख महराले आफ्नो रुममा २ गिलास रक्सी खानुभएको जनाएकी छिन् । त्यसपछि रक्सीले मात्तिएर आफ्नो अश्मिता लुटिएको बताइन् । आफ्नो कमजोरीको फाइदा उठाउँदै आफ्नो चरित्र लुटेको उनको आरोप छ ।

त्यसोत उनीहरुबीच पहिले नै चिनजान थियो । उनको भनाइलाई आधार मान्ने हो भने यस्तो खालको प्रयास २०४८ सालदेखि नै गर्न खोजिएको भए पनि यो पछिल्लो  घटनाले आफू विछिप्त भएको बताएकी छिन् ।

उनले २०४७ सालदेखि नै महरासँग चिनजान भएको बताएकी छिन् । श्रीमानको जागिरका कारण उनकै घरमा आफूहरु बस्ने गरेको र कति पटक त महराकी श्रीमतिको चिठी आफूले लेखिदिएको समेत जनाइन् ।

उनले आफूले यतिसम्म होला भन्ने कल्पना समेत नगरेको बताउँदै भनेकी छिन् , ‘उहाँले जबर्जस्ती गर्नुभयो । मैले पुलिसलाई फोन गर्छु, कि त रहन्नस् कि म रहन्न भनेपछि हच्किनुभयो । काम सकाइसकेपछि मैले पुलिस बोलाउँछु भनेपछि उहाँ निस्किनुभो । यसबीचमा आफूमाथि  महराले हातपात गरे । मैले प्रतिकार गर्न सकिनँ । शरीरभरी निल डाम भएका छन् ।’

सभामुख महरा निलो रंगको कारमा आउनुभएको थियो । पियसोहरु सडक भन्दा बाहिर थिए । कालो गेट भन्दा बाहिरै राखेर आफू रुमभित्र छिर्नुभएको थियो । अन्य दिनभन्दा फरक शैलीमा सोझै आफ्नो बेडरुममै पुगेको बताइन् ।

गत मसिंरमा पनि यस्तै कुराले आफ्नो श्रीमानसँग घरायासी विवाद भएको ती महिलाले जनाएकी छिन् । महराले आफूलाई बारम्बार फोन गरेर यस्तो ‘ह्यारेस्मेन्ट’ गर्ने गरेको उनको आरोप छ ।

यता सभामुख महराको निजी सचिवालयले भने सभामुख महरालाई फसाउन रचिएको षड्यन्त्र भएको खण्डन गरेको छ ।

सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सभामुख महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ ।’

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ७ : २३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर