ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित बनाउन राष्ट्रपतिको आग्रह « Khabarhub

ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित बनाउन राष्ट्रपतिको आग्रह


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गरेकी छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्मानित जीवनका लागि हार्दिक शुभकामना पनि व्यक्त गरिन् ।

राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्त्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरूको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नतर्फ ध्यान दिनु जरुरी छ।’

उनले सन्देशमा नेपालको संविधान, कानुन र नीतिहरूले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेको चर्चा गर्दै जसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने टड्कारो आवश्यकतामा जोड दिएकी छन् ।

उनले माया, ममता र करुणाका खानी रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबुबा, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने पूर्वीय दर्शनमा आधारित हाम्रो आदर्श परिवार बनाउन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले सम्बद्ध सबैमा प्रेरणा प्रदान गर्ने अपेक्षासमेत सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ७ : ०१ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको