शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’ « Khabarhub

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर तामाङबीच आरोपप्रत्यारोप भएको छ ।

नेता बास्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत अर्का नेता तामाङ आफूमाथि सार्वजनिक रुपमा जाइलागेको भन्दै आक्रोश व्यक्त गरेहा छन् ।

उनले लेखेका छन्– ‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन।’

बास्कोटाले तामाङलाई लक्षित गर्दै आफ्नो र श्रीमतीको लागि गुट बदल्ने मात्र नभइ पटकपटक पार्टी फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र आफू नभएको भन्दै २०३८ सालदेखिको इतिहास पुनरावलोकन गर्न सुझाव समेत दिएका छन् ।

उनले भनेका छन्, म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन, पटकपटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । २०३८ यताका इतिहस हेरौँ न ।’

यसअघि सिन्धुपाल्चोकका नेता तामाङले आफ्नो भूगोलमा मत जोगाउन नसक्नेहरुले नेतृत्वको राजीनामा माग्नु नैतिकता नहुने भन्ने स्टाटस राखेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : ३० बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा