दयाराम जो ४५ वर्षदेखि खाजाका रुपमा सिसाका टुक्रा खान्छन् ! ( भिडियो सहित) « Khabarhub

दयाराम जो ४५ वर्षदेखि खाजाका रुपमा सिसाका टुक्रा खान्छन् ! ( भिडियो सहित)


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसले खाजामा के खान्छन् ? सवैलाई थाहा भएकै कुरा हो घरमा भए भुटेको मकै, चाम्रे, चिउरा, रोटी र पसलबाट भए चाउमिन, मम, चटपटे वा कुनै माछामासुका परीकार वा यस्तै अरु केही खानेकुरा ।

तर कोही मानिसले खाजामा सिसा खान्छ भन्दा के तपाई पत्याउनु हुन्छ । पक्कै पत्याउनु हुन्न । बरु उल्टै तपाई प्रतिप्रश्न गर्नुहोला । खाजामा कसले सिसा खान्छ ? खाजा त के अन्य बेलामा पनि कोही ब्यक्ति सिसा खान सक्दैन । सिसा खानु आफै खतराजनक छ ।

साथै यो स्वास्थ्यका लागी पनि निकै हानिकारक छ । तर अहिले सामाजिक सञ्जालमा एक ब्यक्तिले कपाकप सिसा खाएको भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा एक ब्यक्ति स्ट्रेमा रहेको चिम र बोतलको टुक्राहरु चपाउँदै निल्दछन् ।

भिडियोमा देखिएका ब्यक्ति भारत मध्यप्रदेशमा रहेको डिन्डौरी जिल्लाको शहपुराका निवासी दयाराम साहु हुन् । उनले विगत ४५ बर्षदेखि खाजामा सिसा खादै आएका छन् ।

दयाराम पेशाले वकिल हुन् । सिसा खानु दयारामको कुनै बाध्यता पनि होइन । न त उनी कुनै मनोरोगी हुन् । सिसा खानु उनको शोख भएको बताइन्छ ।

बालापनबाटै सिसा खान शुरु गरेका दयाराम आज पनि खाजामा सिसाका टुक्रा चपाएर खाने गर्दछन् । अझ रोचक कुरा त के छ भने दयारामकी श्रीमती समेत श्रीमानलाई खाजा ख्वाउन अन्न, तरकारी, वा फलफुल होइन सिसाको बन्दोबस्तमा जुट्दछिन् । उनी श्रीमानलाई सिसा खान रोक्ने भन्दा पनि सिसा जुटाउन लागि पर्छिन् ।

दयारामकी श्रीमतीका अनुसार विवाहपछि मात्र उनले श्रीमानले लुकिछिपि सिसा खाएको देखिन् । त्यसपछि कैयौं पटक श्रीमानलाई सिसा नखान अनुरोध गरीन् । तर दयाराममा सिसा खाने लत यसरी बसेको थियो कि उनले त्यसलाई छाड्न सकेनन् ।

बिस्तारै उनकी श्रीमती स्वयमले पनि सिसाका टुक्रा खोजी खोजी ल्याइदिने गर्न थालिन् । पहिले एक किलोसम्म सिसा खाने दयाराम दाँत कमजोर भएसंगै त्यसको मात्रा घटाउँदै आएका छन् ।

दयारामका अनुसार सिसा खानु उनको लत बनिसकेको छ । यो खतरनाक लतका कारण सिसा खाने क्रममा उनको दाँत सहित स्वास्थ्यमा असर परिरहेको छ । उनी अन्य कोहीलाई पनि सिसा नखान सुझाव समेत दिन्छन् । पछिल्लो समय उनी आफै पनि कम मात्रामा सिसा खादै अँएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : ४४ बजे

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो