ठूलो परिमाणमा नगदसहित वीरगन्जबाट २ हुण्डी कारोबारी पक्राउ « Khabarhub

ठूलो परिमाणमा नगदसहित वीरगन्जबाट २ हुण्डी कारोबारी पक्राउ


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– ठूलो परिमाणमा नेपाली रुपैयाँसहित वीरगन्जबाट २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ बस्ने अमिर मियाका छोरा ४५ वर्षीय आवाश अलि र सोही ठाउँका २२ वर्षीय अस्ताक आलम पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरु ना ४९ प ६८२४ र ना ५७ प ३०६ नम्बको मोटरसाइकलमा सवार रहेका अवस्थामा पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट १२ लाख ४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरु हुण्डी कारोबार भएको खुलेको छ ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ११ : ३६ बजे

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २५ गते शुक्रबार तदनुसार

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल