विश्वकप छनोट– अस्ट्रेलियासँग खेल्ने नेपाली फुटबल टोली घोषणा « Khabarhub

विश्वकप छनोट– अस्ट्रेलियासँग खेल्ने नेपाली फुटबल टोली घोषणा


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ को छनोट प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ ।

प्रशिक्षक योहान कालिनले घोषणा गरेको अस्ट्रेलियाविरुद्धको टोलीमा डिफेन्डर सुमन अर्याल र फरवार्ड नवयुग श्रेष्ठको पुनरागमन भएको छ ।

यसअघि चाइनिज ताइपेविरुद्धको खेलामा अर्याल र श्रेष्ठ टिममा थिएनन् । चाइनिज ताइपेविरुद्ध खेलेका रवि सिलवाल र विमल राना फेरि टिमबाट बाहिरिएका छन् ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले आगामी अक्टोबर १० (असोज २३ गते) अस्ट्रेलियासँग खेल्दै छ ।

समूह ‘बी’मा रहेको नेपालले अहिलेसम्म २ वटा खेल खेलिसकेको छ । पहिलो खेलमा कुवेतसँग ७–० गोल अन्तरले हार व्यहोरेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेविरुद्ध २–० को जीत निकालेको थियो ।

ताइपेविरुद्धको खेलमा जीत निकालेको नेपालले अंक तालिमकामा ३ अंक जोडेको छ ।

समूह ‘बी’को अंक तालिकामा २ खेलबाट ३ अंक जोडेको कुवेत पहिलो, १ खेलबाट ३ अंक जोडेको अस्ट्रेलियो दोस्रो, १ खेलबाट ३ अंक जोडेको जोर्डन तेस्रो र २ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा छन् ।

चाइनिज ताइपे भने अंक तालिकाको पुछारमा छन् ।

नेपाल अस्ट्रेलियासँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो । पूर्व एसियन च्याम्पियन रहिसकेको अस्ट्रेलिया फिफाको विश्व वरियतामा ४४ औं स्थानमा छ भने नेपाल १६१ औं स्थानमा छ ।

नेपाली टोली:

गोलकिपर– किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर– सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर– सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द

फरवार्ड– विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अभिषेक रिजाल

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १२ : ४३ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष