बहुउपयोगी कुरिलो, स्वास्थ्यका लागि फाइदैफाइदा | Khabarhub Khabarhub

बहुउपयोगी कुरिलो, स्वास्थ्यका लागि फाइदैफाइदा


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कुरिलो तपाईंलाई कति मन पर्छ ? मन पर्दैन भने पनि खाने गर्नुहोस् । यो तपाईंका लागि लाभदायक छ ।

नेपालका प्रायः सबै भू–भागमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय लहरायुक्त वनस्पति हो ।

यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् ।

यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको अचुक औषधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।

यी हुन् कुरिलोका फाइला

  •  कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ। साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ।
  • कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ।
  •  कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ। यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ।
  •  कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ।
  • कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ।
  •  कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ।
  •  कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ। यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ। उनीहरूमा यौन दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १२ : ४८ बजे

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर

उज्यालो नेपाल पार्टीमा आफ्नो नाम राखेको भन्दै प्रधानको आपत्ति

काठमडौँ- ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा