सभामुख महरा प्रकरण– प्रहरीद्वारा अनुसन्धान शुरु | Khabarhub Khabarhub

सभामुख महरा प्रकरण– प्रहरीद्वारा अनुसन्धान शुरु


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणीसम्बन्धी आरोपबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले पीडित भनिएकी महिलाको कोठाबाट घटनासँग सम्बन्धित सबूत प्रमाण संकलन गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि घटनास्थललाई ‘नियन्त्रणमा लिएर’ आवश्यक प्रमाण संकलन थालेको हो ।

‘तत्कालनका लागि घटनास्थलबाट रक्सीका बोत्तल, चस्माको फुटेको सिसा, रक्सी पिउन प्रयोग गरिएका गिलास लगायत सामग्री बरामद भएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो ।

प्रहरीले बरामद भएका सामग्रीको फरेन्सिक परीक्षणको प्रक्रिया शुरु गरिएको पनि जनाएको छ ।

प्रहरीले पीडित भनिएकी महिलाको डेरा क्षेत्रमा जडित सीसीटीभी क्यामेराको फुटेज समेत संकलन गरेर अनुसन्धान थालेको छ ।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले सोमबार साँझ सभामुख महराले आफ्नै कोठामा आएर आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।

आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुख महराले घटनाको अनुसन्धानमा सघाउनका लागि भन्दै मंगलबार पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  २ : ४८ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान