सभामुख महरा प्रकरण– प्रहरीद्वारा अनुसन्धान शुरु « Khabarhub

सभामुख महरा प्रकरण– प्रहरीद्वारा अनुसन्धान शुरु


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणीसम्बन्धी आरोपबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले पीडित भनिएकी महिलाको कोठाबाट घटनासँग सम्बन्धित सबूत प्रमाण संकलन गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि घटनास्थललाई ‘नियन्त्रणमा लिएर’ आवश्यक प्रमाण संकलन थालेको हो ।

‘तत्कालनका लागि घटनास्थलबाट रक्सीका बोत्तल, चस्माको फुटेको सिसा, रक्सी पिउन प्रयोग गरिएका गिलास लगायत सामग्री बरामद भएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो ।

प्रहरीले बरामद भएका सामग्रीको फरेन्सिक परीक्षणको प्रक्रिया शुरु गरिएको पनि जनाएको छ ।

प्रहरीले पीडित भनिएकी महिलाको डेरा क्षेत्रमा जडित सीसीटीभी क्यामेराको फुटेज समेत संकलन गरेर अनुसन्धान थालेको छ ।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले सोमबार साँझ सभामुख महराले आफ्नै कोठामा आएर आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।

आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुख महराले घटनाको अनुसन्धानमा सघाउनका लागि भन्दै मंगलबार पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  २ : ४८ बजे

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६