कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय « Khabarhub

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ तोकेको छ। 

कांग्रेसको १५औँ महाधिवेशन १८ असोजदेखि सुरु हुँदैछ। यसपटक अघिल्लो महाधिवेशनको तुलनामा करिब २ हजार बढी प्रतिनिधि सहभागी हुने निर्वाचन समितिले जनाएको छ।

१४औँ महाधिवेशनमा ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए। यसपटक करिब ७ हजार प्रतिनिधि हुने समितिको अनुमान छ।

१४औँ महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका थिए। यसपटक विधान संशोधन गरी प्रत्येक क्षेत्रबाट ३३ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।

महाधिवेशन प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्ने भए पनि होटलमा बस्दाको शुल्क भने प्रतिनिधि स्वयंले व्यहोर्नुपर्नेछ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ११ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।