कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय « Khabarhub

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ तोकेको छ। 

कांग्रेसको १५औँ महाधिवेशन १८ असोजदेखि सुरु हुँदैछ। यसपटक अघिल्लो महाधिवेशनको तुलनामा करिब २ हजार बढी प्रतिनिधि सहभागी हुने निर्वाचन समितिले जनाएको छ।

१४औँ महाधिवेशनमा ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए। यसपटक करिब ७ हजार प्रतिनिधि हुने समितिको अनुमान छ।

१४औँ महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका थिए। यसपटक विधान संशोधन गरी प्रत्येक क्षेत्रबाट ३३ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।

महाधिवेशन प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्ने भए पनि होटलमा बस्दाको शुल्क भने प्रतिनिधि स्वयंले व्यहोर्नुपर्नेछ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ११ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म