फेरि कोरियन फिल्म रिमेक गर्दै सलमान खान « Khabarhub

फेरि कोरियन फिल्म रिमेक गर्दै सलमान खान


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ रिलिजको क्रममा छ । यो फिल्मले यतिबेला बलिउडको ध्यान तानेको छ ।

यसलगत्तै उनलाई चलचित्र ‘किक २’ र ‘वान्टेड २’ मा नि देख्न सकिनेछ । तर, यी फिल्म सन् २०२० को ईदमा रिलिज हुनेछैन । किनकि फिल्मको स्किृप्ट तयार भएको छैन ।

भारतीय मिडियाका अनुसार सलमान खान यतिबेला यस्तो फिल्ममा काम गर्न चाहन्छन् । जुन फिल्मको पोस्ट प्रोडक्सनमा धेरै समय नलागोस् । यसैबीच खबर आएको छ कि, सलमान खानले एक कोरियन फिल्मको रिमेकका काम गर्ने भएका छन् । यसअघि सलमानले शीर्ष भूमिका निभाएको फिल्म ‘भारत’ पनि एक कोरियन फिल्मको रिमेक थियो ।

अब बन्ने फिल्म एक्सनले भरिपूर्ण हुनेछ । साथै मुख्य भूमिकामा सलमान खानलाई फिट पनि देखिनेछ । खबरका अनुसार फिल्म हिन्दीमा बनाउनका लागि यसको राइटस् किनिएको छ । फिल्मलाई भारतीय दर्शकको रोजाइअनुसार निर्माण गरिनेछ ।

फिल्मको स्किृप्ट सलमानका बुबा सलीम खनाले लेख्दैछन् । र, फिल्मलाई प्रभु देवाले निर्देशन गर्नेछन् । यो फिल्म सन् २०२० को ईदमा रिलिज हुने सम्भावना छ । हरेक ईदमा सलमान खान कुनै न कुनै फिल्म लिएर हलमा आउने गर्छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  २ : ५९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र