फेरि कोरियन फिल्म रिमेक गर्दै सलमान खान | Khabarhub Khabarhub

फेरि कोरियन फिल्म रिमेक गर्दै सलमान खान


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ रिलिजको क्रममा छ । यो फिल्मले यतिबेला बलिउडको ध्यान तानेको छ ।

यसलगत्तै उनलाई चलचित्र ‘किक २’ र ‘वान्टेड २’ मा नि देख्न सकिनेछ । तर, यी फिल्म सन् २०२० को ईदमा रिलिज हुनेछैन । किनकि फिल्मको स्किृप्ट तयार भएको छैन ।

भारतीय मिडियाका अनुसार सलमान खान यतिबेला यस्तो फिल्ममा काम गर्न चाहन्छन् । जुन फिल्मको पोस्ट प्रोडक्सनमा धेरै समय नलागोस् । यसैबीच खबर आएको छ कि, सलमान खानले एक कोरियन फिल्मको रिमेकका काम गर्ने भएका छन् । यसअघि सलमानले शीर्ष भूमिका निभाएको फिल्म ‘भारत’ पनि एक कोरियन फिल्मको रिमेक थियो ।

अब बन्ने फिल्म एक्सनले भरिपूर्ण हुनेछ । साथै मुख्य भूमिकामा सलमान खानलाई फिट पनि देखिनेछ । खबरका अनुसार फिल्म हिन्दीमा बनाउनका लागि यसको राइटस् किनिएको छ । फिल्मलाई भारतीय दर्शकको रोजाइअनुसार निर्माण गरिनेछ ।

फिल्मको स्किृप्ट सलमानका बुबा सलीम खनाले लेख्दैछन् । र, फिल्मलाई प्रभु देवाले निर्देशन गर्नेछन् । यो फिल्म सन् २०२० को ईदमा रिलिज हुने सम्भावना छ । हरेक ईदमा सलमान खान कुनै न कुनै फिल्म लिएर हलमा आउने गर्छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  २ : ५९ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश