जुनियर व्याडमिन्टनतर्फ विश्व वरियतामा प्रिन्स ३९ औं स्थानमा उक्लिए « Khabarhub

जुनियर व्याडमिन्टनतर्फ विश्व वरियतामा प्रिन्स ३९ औं स्थानमा उक्लिए


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियर तर्फको विश्व वरियतामा सुधार गर्दै ३९ औं स्थानमा उक्लिएका छन् ।

विश्व व्याडमिन्टन संघले मंगलबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार प्रिन्स १५ स्थान सुधार गर्दै ३९ स्थानमा पुग्न सफल भएका हुन् ।

यसअघि उनको बरियताक्रम ५४ औं स्थानमा थियो । यो नै नेपाली खेलाडीको जुनियरतर्फको अहिलेसम्मको माथिल्लो वरियता हो ।

उनले दुबई जुनियरमा देखाएको प्रदर्शनका आधारमा उनको बरियता स्थानमा सुधार आएको हो । उनले केही समय अघि यु–१९ दुबई इन्टरनेसनल सिरिज २०१९ मा स्वर्ण पदक जितेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ४ : ३२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते