नेप्से परिसूचक दोहोरो अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । कूल १६४ कम्पनीको कूल १३ लाख ८६ हजार २८ कित्ता शेयर रु ३१ करोड १४ लाख ८८ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ७.९३, उत्पादन ५२.९२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेका छन् ।

यस्तै बैंकिङ १२.८१, विकास बैंक ३.८४, जलविद्युत् ५.१८, वित्त ९.६८, निर्जीवन बीमा ४९.१२, अन्य ९.१२, लघुवित्त ११.२९ र जीवन बीमा १६.६१ विन्दुले बढेको छ । कारोबारका आधारमा आज नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड एक लाख २५ हजार कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

यस्तै शिवम् सिमेन्टको रु चार करोड ३० लाख तीन हजार ५१७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर रु तीन करोड ३१ लाख ८७ हजार ९९६, मेगा बैंक रु एक करोड ३४ लाख ९७ हजार २७३, नेपाल दूरसञ्चार कम्पनी रु एक करोड २९ लाख ५० हजार ८०५, हिमालयन डिस्ट्रिलरी रु एक करोड ६ लाख ८७ हजार ७२० र सिद्धार्थ बैंक रु ९५ लाख २७ हजारमा कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा सिनर्जी पावरका लगानीकर्ताले ६.८५, युनियन फाइनान्स ६.५९, रिलायन्स फाइनान्स ६.३६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ प्रतिशतले कमाए ।

सप्तकोशी डेभलपमेन्ट बैंक ९.०९, शिवम् सिमेन्ट ५.४५, ओरियन्टल होटल ३.११, मल्टीपर्पोज फाइनान्स कम्पनी ३, साञ्जेन जलविद्युत् कम्पनी २.८७, र तिनाउ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले २.५८ विन्दुले गुमाए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ५ : ४० बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा