नेप्से परिसूचक दोहोरो अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । कूल १६४ कम्पनीको कूल १३ लाख ८६ हजार २८ कित्ता शेयर रु ३१ करोड १४ लाख ८८ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ७.९३, उत्पादन ५२.९२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेका छन् ।

यस्तै बैंकिङ १२.८१, विकास बैंक ३.८४, जलविद्युत् ५.१८, वित्त ९.६८, निर्जीवन बीमा ४९.१२, अन्य ९.१२, लघुवित्त ११.२९ र जीवन बीमा १६.६१ विन्दुले बढेको छ । कारोबारका आधारमा आज नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड एक लाख २५ हजार कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

यस्तै शिवम् सिमेन्टको रु चार करोड ३० लाख तीन हजार ५१७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर रु तीन करोड ३१ लाख ८७ हजार ९९६, मेगा बैंक रु एक करोड ३४ लाख ९७ हजार २७३, नेपाल दूरसञ्चार कम्पनी रु एक करोड २९ लाख ५० हजार ८०५, हिमालयन डिस्ट्रिलरी रु एक करोड ६ लाख ८७ हजार ७२० र सिद्धार्थ बैंक रु ९५ लाख २७ हजारमा कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा सिनर्जी पावरका लगानीकर्ताले ६.८५, युनियन फाइनान्स ६.५९, रिलायन्स फाइनान्स ६.३६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ प्रतिशतले कमाए ।

सप्तकोशी डेभलपमेन्ट बैंक ९.०९, शिवम् सिमेन्ट ५.४५, ओरियन्टल होटल ३.११, मल्टीपर्पोज फाइनान्स कम्पनी ३, साञ्जेन जलविद्युत् कम्पनी २.८७, र तिनाउ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले २.५८ विन्दुले गुमाए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ५ : ४० बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी