जिम्बावेद्वारा नेपाललाई १ सय ६१ रनको चुनौती « Khabarhub

जिम्बावेद्वारा नेपाललाई १ सय ६१ रनको चुनौती


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत जिम्बावेले नेपाललाई जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

नेपालले पहिलो ओभरमा नै विकेट लिन सफल भएको थियो । नेपालका लागि सन्दिप लामिछानेले जिम्बावेको खाता नखुल्दै पहिलो विकेट लिन सफल भए ।

जिम्बावेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि जिम्बावेले ३० रनमा जोड्दा नेपालले दोस्रो विकेल लिन सफल भएको थियो ।
दोस्रो विकेटका लागि सोमपाल कामीले रेगिसलाई मात्र ६ रनमा आउट गरे । त्यसको लगत्तै पुनः सन्दीप लामिछानेले नेपाललका लागि तेस्रो विकेट लिएका थिए ।
सन्दीपले जिम्बावेको स्कोर ३८ रन हुँदा ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भएका थिए ।

जिम्बावेका पिटर मोर १४ रनमा आउट भए । चौथो विकेटका सोमपालले लिए । टिनोटेन्डालाई सोमपालले २० रनमा आउट गराए । सोमपालको यो ब्यक्तिगत दोस्रो विकेट हो ।

त्यसपछि जिम्बावेका कप्तान सिनलाई पारस खड्काले ५३ रनमा आउट गरेपछि नेपालले पाँचौ सफलता हात पार्यो । जिम्बावेका लागि सिन विलियन्सले सर्वाधिक ५३ रन बनाएका थिए । यसैगरी रिचमन्डले १७ रन बनाए भने बुर्लले २८ रनको योगदान गरेका थिए । केही बेरमा नेपालले ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ६ : ५८ बजे

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना