जिम्बावेद्वारा नेपाललाई १ सय ६१ रनको चुनौती « Khabarhub

जिम्बावेद्वारा नेपाललाई १ सय ६१ रनको चुनौती


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत जिम्बावेले नेपाललाई जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

नेपालले पहिलो ओभरमा नै विकेट लिन सफल भएको थियो । नेपालका लागि सन्दिप लामिछानेले जिम्बावेको खाता नखुल्दै पहिलो विकेट लिन सफल भए ।

जिम्बावेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि जिम्बावेले ३० रनमा जोड्दा नेपालले दोस्रो विकेल लिन सफल भएको थियो ।
दोस्रो विकेटका लागि सोमपाल कामीले रेगिसलाई मात्र ६ रनमा आउट गरे । त्यसको लगत्तै पुनः सन्दीप लामिछानेले नेपाललका लागि तेस्रो विकेट लिएका थिए ।
सन्दीपले जिम्बावेको स्कोर ३८ रन हुँदा ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भएका थिए ।

जिम्बावेका पिटर मोर १४ रनमा आउट भए । चौथो विकेटका सोमपालले लिए । टिनोटेन्डालाई सोमपालले २० रनमा आउट गराए । सोमपालको यो ब्यक्तिगत दोस्रो विकेट हो ।

त्यसपछि जिम्बावेका कप्तान सिनलाई पारस खड्काले ५३ रनमा आउट गरेपछि नेपालले पाँचौ सफलता हात पार्यो । जिम्बावेका लागि सिन विलियन्सले सर्वाधिक ५३ रन बनाएका थिए । यसैगरी रिचमन्डले १७ रन बनाए भने बुर्लले २८ रनको योगदान गरेका थिए । केही बेरमा नेपालले ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ६ : ५८ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका