मेडिकल शिक्षाको ‘वृद्धि शुल्क’ फिर्ता गर्न आग्रह « Khabarhub

मेडिकल शिक्षाको ‘वृद्धि शुल्क’ फिर्ता गर्न आग्रह


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेज सञ्चालकलाई मेडिकल शिक्षाको आफूखुशी वृद्धि गरिएको शुल्क फिर्ता गर्न आग्रह गरेका छन् ।

अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल’ विषयको अन्तरक्रियामा उनले सरकारले तोकेको मापदण्डअनुसार नै मेडिकल सञ्चालकलाई शुल्क लिन आग्रह गरेका हुन् ।

उनले वृद्धि शुल्क फिर्ता नगरे कडा कदमसमेत चालिने चेतावनी दिए । मन्त्री पोखरेलले विश्वविद्यालय, प्रतिष्ठान, निजी कलेजसंँगको सहमतिमा नयाँ शुल्क तोक्नका लागि कार्यदल बनेको समेत जानकारी दिए ।

उनले सबैको साझा प्रयासबाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनेको भन्दै कार्यान्वयन गरेर चिकित्सा क्षेत्रका विकृतिलाई सुधार गरिने बताए ।
मुलुकलाई शैक्षिक केन्द्र बनाउन सरकार दृढ रहेको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षामा कसैसँग पनि सम्झौता नगरिने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खगराज अधिकारीले निजी कलेजले तोकिएको मापदण्डमा कलेज सञ्चालन गर्न नसके राज्यलाई हस्तान्तरण गर्नुपर्ने बताए ।

नेपाली काङ्ग्रेसका नेता एनपी साउदले ऐनमा भएका कमजोरीलाई सुधार गरेर जानुपर्ने बताए ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरको अध्यक्षतामा भएको निजी मेडिकल कलेज एशोसिएसनका महासचिव सुनिल शर्माले ऐन लागू गर्न आफूहरु तयार रहेको जनाउँदै ऐनअनुसार नयाँ शुल्क तोक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ पूर्वअध्यक्ष नैनसिंह महरले सरकारको मापदण्डअनुसार निजी कलेजले चिकित्सा शिक्षा सञ्चालन गर्न नसके सरकारीकरण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ७ : ३७ बजे

संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौं- विभिन्न पाँचभन्दा धेरै सहकारीको अर्बौँ रुपैयाँ अपचलनपछि फरार राष्ट्रिय

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित

प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउने बाचा गरेको रास्वापले मिति भने तोक्न सकेन

काठमाडौं- प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

संविधान संशोधनका लागि शक्तिशाली आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय

उखु किसानको भुक्तानी माग्दै अमरेशले भने- रोपाइँ सुरू हुन लाग्यो, मल चाहियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु