मिर्गौला पीडितलाई ९ लाख सहयोग « Khabarhub

मिर्गौला पीडितलाई ९ लाख सहयोग


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मर्स्याङ्दी गाउँपालिका–६ दिङदिङका ३६ वर्षीया मिर्गौला पीडित मीनमाया गुरुङको उपचारका लागि ९ लाख तीन हजार सहयोग सङ्कलन गरिएको छ ।

गाउँपालिकास्थित युनाइटेड बाघेता र योङ स्टार युवा क्बलको अगुवाइमा स्थानीय र विदेशमा रहेका नेपालीबाट सो रकम सङ्कलन गरिएको हो ।

आज (मंगलबार) बेँसीशहरमा आयोजित कार्यक्रममा मिर्गौला पीडितका श्रीमान् कामसार्की गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो ।

अमेरिकाबाट एक लाख ३० हजार, लमजुङ उत्तरी भेग तमु समाज काठमाडौँले एक लाख ८० हजार र लमजुङ आमा समूहले तीन लाख २४ हजार सहयोग गरेको बाघेता युवा क्लबका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए ।

हालसम्म पाँच लाखभन्दा बढी खर्च भएको पीडितका श्रीमान् कामसाकीले जानकारी दिए । गुरुङ सात महिनाअघि बिरामी भएकी थिइन । उनले गण्डकी अस्पतालमा डायलासिस गराउँदै आएकी छन् ।

मिर्गौला प्रत्यारोपणका लागि ८० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : ३९ बजे

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)