पिएम कपमा आशिफ शेखको शतक « Khabarhub

पिएम कपमा आशिफ शेखको शतक


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम) कप क्रिकेटमा आशिफ शेखले शतक प्रहार गरेका छन् । टस जितेर बागमतीले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको सशस्त्र प्रहरीका लागि आशिफ शेखले शतक प्रहार गरेका हुन् ।

आशिफले ८८ बलको सामना गर्दा १३ चौका र तीन छक्काको सहयोगमा सय रन पूरा गरेका हुन् । ३३ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १९४ रन बनाएको सशस्त्रका लागि अहिले शेख र सुमित महर्जन ब्याटिङ गरिरहेका छन् । सुमितले ३७ बलको समना गर्दा १८ रन बनाएका छन् भने शेखले १०५ रन बनाएका छन् ।

आठौँ संस्करणको प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।

प्रतियोगिताका खेलहरू काठमाडौँको मुलपानी तथा मधेश प्रदेशको जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशाला र वीरगन्जस्थित नारायणी रङ्गशालामा हुँदैछन् ।

वैशाख ४ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा विभागीय टोली आर्मी, पुलिस र एपिएफ गरी १० टोलीको सहभागिता रहेको छ ।

सिङ्गल राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितमा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् । प्रतियोगिताको विजेताले १०, उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ११ : ३३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल