प्रहरी भन्छ : ताकेता गर्दा पनि उजुरी आएन « Khabarhub

प्रहरी भन्छ : ताकेता गर्दा पनि उजुरी आएन


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीलाई पटकपटक ताकेता गर्दा पनि अहिलेसम्म लिखित उजुरी दिन नआएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले लिखित उजुरी नपरेकाले मौखिक उजुरीकै आधारमा प्रारम्भिक अनुसन्धान भने चलिरहेको बताए ।

‘लिखित जाहेरीका लागि प्रहरीले ताकेता गर्‍यो, अहिलेसम्म आएको छैन तर जानकारी आउनेबित्तिकै प्रहरीले आइतबार रातिदेखि नै अनुसन्धान गरिरहेको छ’, सुवेदीले भने । उनका अनुसार आइतबार राति ९ : ०५ बजे प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोनमार्फत मौखिक जानकारी प्राप्त भएको थियो ।

सोही जानकारीका आधारमा रातिदेखि नै घटनाबारे अनुसन्धान भइरहेको र घटनामा जोडिएका सबै वस्तु सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रारम्भिक अनुसन्धान भइरहे पनि लिखित उजुरी नआएसम्म अन्य प्रक्रिया अगाडि बढ्न समस्या हुने बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : २५ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका