भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना- भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ ।

भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार क्षेत्रमा सन् १९९४ यताकै यो सबैभन्दा भारी मनसुनी वर्षा हो । विभागले मनसुनी वर्षा ढिलो आएको र यो लामो अवधिसम्म रहेको जनाएको छ ।

चार दिनभित्रमा उत्तर प्रदेशमा १११ जना र बिहारमा २८ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् ।

जेलभित्र बाढी पसेका कारण उत्तर प्रदेशको बल्लिया जिल्लास्थित कारागारमा रहेका ९०० कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्नु परेको छ । करिब २० लाख जनसंख्या रहेको पटनामा मानिसहरुलाई अस्थायी डुङ्गाको सहायताबाट उद्धार गरिएको छ ।

वर्षा रोकिए पनि शहरको अधिकांश भूभाग डुबानमा छ । विद्यालय र पसलहरु सबै बन्द अवस्थामा छन् ।

टेलिभिजनमा प्रसारित दृश्यहरुमा अस्पतालका वार्डहरु डुबानमा परेका र स्थानीयबासीलाई उद्धारकर्ताहरुले दूध, केरा र अरु पेय पदार्थहरु बाँड्दै गरेको देखिएको छ ।

सामान्यतया, जुनदेखि सेप्टेम्बर महिनासम्म उत्तर भारतमा मनसुनी वर्षा हुने गर्दछ, तर यस वर्ष ढिलो गरी मनसुनी वर्षा भइरहेको छ । भारतीय जलवायु विज्ञान विभागका अनुसार यस वर्षको समग्र मनसुनी वर्षा औसतमा भन्दा बढी भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ११ : १० बजे

तुइन खोला पहिरो : यात्रुहरू शुक्रबारदेखि सडकमै अलपत्र, खुलाउने प्रयास जारी

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ का रेशम बादी पुर्ख्यौली

चोरी गरेका सामग्री तत्काल फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत

बागलुङको काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको

भोजपुरको टेम्केमैयुङमा केन्द्रीय विद्युत् विस्तार

भोजपुर– भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार