शव ८ बजे टुँडिखेलमा राखिने, श्रद्धाञ्जली दिन राष्ट्रपति, उपराष्ट्रपति जाने | Khabarhub Khabarhub

शव ८ बजे टुँडिखेलमा राखिने, श्रद्धाञ्जली दिन राष्ट्रपति, उपराष्ट्रपति जाने


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि आज (शुक्रबार) ८ बजेदेखि टुँडिखेलमा राखिने भएको छ ।

राति १ बजे पोस्टमार्टमको काम सकेपछि अस्पतालले शुक्रबार बिहान ८ बजे भित्र शव जिम्मा लगाउने जनाएको छ । बिहीबार नै श्रद्धाञ्जली सभा गरिने कार्यतालिका बनाइएको भएपनि पोस्टमार्टमका लागि समय लाग्ने भएकाले आज बिहानसम्मका लागि श्रञ्द्धाञ्जली सभा सारिएको थियो ।

मन्त्री अधिकारीसहित मृतक ७ जनाकै पार्थीव शरीर टुडिखेलमा राखेर श्रद्धाञ्जली अर्पण गरिने छ । मृतकप्र्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुन पनि टुँडिखेल पुग्नेछन् ।

त्यस्तै मन्त्रिपरिषदका सदस्यहरु, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा सर्वसाधारण टुँडिखेल पुग्नेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : ०८ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ