शव ८ बजे टुँडिखेलमा राखिने, श्रद्धाञ्जली दिन राष्ट्रपति, उपराष्ट्रपति जाने « Khabarhub

शव ८ बजे टुँडिखेलमा राखिने, श्रद्धाञ्जली दिन राष्ट्रपति, उपराष्ट्रपति जाने


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि आज (शुक्रबार) ८ बजेदेखि टुँडिखेलमा राखिने भएको छ ।

राति १ बजे पोस्टमार्टमको काम सकेपछि अस्पतालले शुक्रबार बिहान ८ बजे भित्र शव जिम्मा लगाउने जनाएको छ । बिहीबार नै श्रद्धाञ्जली सभा गरिने कार्यतालिका बनाइएको भएपनि पोस्टमार्टमका लागि समय लाग्ने भएकाले आज बिहानसम्मका लागि श्रञ्द्धाञ्जली सभा सारिएको थियो ।

मन्त्री अधिकारीसहित मृतक ७ जनाकै पार्थीव शरीर टुडिखेलमा राखेर श्रद्धाञ्जली अर्पण गरिने छ । मृतकप्र्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुन पनि टुँडिखेल पुग्नेछन् ।

त्यस्तै मन्त्रिपरिषदका सदस्यहरु, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा सर्वसाधारण टुँडिखेल पुग्नेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : ०८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार