त्रिविबाट शव निकालियो, टुँडिखेलमा राखिने « Khabarhub

त्रिविबाट शव निकालियो, टुँडिखेलमा राखिने


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोस्टमार्टम भएका शव श्रद्धाञ्जलीका लागि टुँडिखेल लगिएको छ । अस्पतालले जिम्मा लगाएका मन्त्री अधिकारीसहितका ७ जनाकै शव श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट टुँडिखेल हिडाउन लागिएको प्रहरी नायव उपरीक्ष डिएसपी फडिन्द्र प्रसाईले जानकारी दिए ।

सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ । राति १ बजे पोस्टमार्टमको काम सकेपछि अस्पतालले  बिहान शव परिवारको जिम्मा लगाएको थियो ।

बिहीबार नै श्रद्धाञ्जली सभा गरिने कार्यतालिका बनाइएको भएपनि पोस्टमार्टमका लागि समय लाग्ने भएकाले आज बिहानसम्मका लागि श्रञ्द्धाञ्जली सभा सारिएको थियो ।

मन्त्री अधिकारीसहित मृतक ७ जनाकै पार्थीव शरीर टुडिखेलमा राखेर श्रद्धाञ्जली अर्पण गरिने छ । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुन पनि टुँडिखेल पुग्नेछन् ।

त्यस्तै मन्त्रिपरिषदका सदस्यहरु, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा सर्वसाधारण टुँडिखेल पुग्नेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : ३७ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६