रवीन्द्र अधिकारीको निधन– देश र पार्टीले भावी नेतृत्व गुमायो « Khabarhub

रवीन्द्र अधिकारीको निधन– देश र पार्टीले भावी नेतृत्व गुमायो


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

रवीन्द्र अधिकारीको राजनीतिक जीवन विद्यार्थी नेताका रुपमा शुरु भएको हो । राजनीतिक मोर्चामा सधैं अग्रपंतिमा उभिने नेता हुनुहुन्थ्यो उहाँ ।

राजनीतिक जीवनको शुरुवाती क्षणमै उहाँ मसँगको सम्पर्कमा रहनुभयो । उहाँलाई पार्टी सदस्यता पनि मैले नै दिएको थिएँ । राजनीतिक प्रशिक्षणका लागि पनि उहाँ निरन्तर महसँगको सम्पर्कमा रहनुहुन्थ्यो ।

नेकपाले भावी नेतृत्व गुमाएको छ । हाम्रो पार्टीका लागि यो सबैभन्दा ठूलो क्षति हो ।

आज देश निर्माणका लागि अभियान शुरु गर्नुपर्ने अवस्थामा उहाँजस्तो व्यक्तिको अभाव राष्ट्रले ब्यहोर्नु परिरहेको छ । एउटा योद्धा, कर्मठ, विद्धान व्यक्तिलाई हामीले गुमाएका छौँ । यसको क्षतिपूर्ति निकै लामो समयसम्म हामीले पूराा गर्नुपर्ने छ ।

मृत्यु त सबैको हुन्छ नै । उहाँ एउटा ठूलो योगदान दिएको व्यक्ति हुनुहुन्थ्यो । नेकपाका पुरानो पिढीका नेताहरु अबको ४–५ वर्षमा सबै बिदा हुँदैछन् । त्यसपछिका ८–१० जना व्यक्तिभित्र उहाँ हुनुहुन्थ्यो ।

उहाँले देश र जनताका लागि ठूलो योगदान दिनुभएको थियो । उहाँ रहिरहनुभएको भए उहाँमाथि ठूलो जिम्मेवारी आउँथ्यो, पार्टी र सकारको नेतृत्वको ।

उहाँको निधनले त्यो अभाव महसूस गराएको छ । मैले व्यक्तिगत रुपमा पनि त्यो अभाव महसूस गरेको छु । म बाँचुन्जेलसम्म उहाँलाई सम्झिरहने छु ।

कुराकानीमा आधारित

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १० : ५२ बजे

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी