देशबाट एउटा उर्जाशील युवा अस्ताए : गगन थापा | Khabarhub Khabarhub

देशबाट एउटा उर्जाशील युवा अस्ताए : गगन थापा


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपालबाट एउटा उर्जाशील युवा अस्ताएको बताएका छन् । स्वर्गीय अधिकारीको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न टुँडिखेल पुगेका थापाले नेपाली राजनीतिक इतिहासमा ठूलो क्षति भएको बताए ।

अधिकारी क्षमतावान राजनीतिक नेता रहेको भन्दै थापाले विद्यार्थी राजनीतिकलाई उच्च तहमा पुराउने ठुलो भुमिका अधिकारीले नै खेलेको बताए ।

२०५५ सालतिर मन्त्री अधिकारीकै नेतृत्वमा आन्दोलन गर्दाको क्षण सम्झँदै थापाले भने, ‘मन्त्री अधिकारीले विशुद्ध विद्यार्थी राजनीतिक आन्दोलन गरेर राजनीतिक क्षेत्रमा नयाँ बाटो निर्माण गर्नुभएको थियो । उहाँ राजनीतिक गर्ने युवा विद्यार्थीका लागि विचारक नै हुनुहुन्छ ।’

नेपालको संविधान निर्माणमा पनि अधिकारीको ठूलो योगदान रहेको भन्दै थापाले पहिलो संविधानसभामा सार्वजनिक लेखा समिति र दोस्रो सविधानसभामा विकास समितिका बसेर अधिकारीले गरेका काम अहिले नयाँ मोडलका रुपमा अघि बढेको बताए ।

‘सरकारलाई विकासका लागि समितिबाट उहाँले दिएको दबाब प्रभावकारी थियो,’ थापाले भने, ‘अहिले उहाँले ल्याएका र उहाँले हामीलाई सुनाएका योजना नै देश विकास सम्भव हुने देखिएको छ ।

मन्त्री अधिकारीसँगको अन्तिम भेट सम्झँदै थापाले त्रिभुवन विमानस्थलमा भएको भेटमा परिवारका सबै सदस्य र विशेषगरी छोरीहरुको खबर सोधेको थापाले बताए । उनले यो घटनाले आफूलाई स्तब्ध बनाएको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : २७ बजे

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य